शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्ताव आलमलाई दोश्रोपटक ५ दिनका लागि म्याद थप

आइतबार, ०३ कात्तिक २०७६, १५ : २८
आइतबार, ०३ कात्तिक २०७६

रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफ्ताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका  आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका लागि थप म्याद मागेको थियो । न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेको प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

पीडितको तर्फबाट जिल्ला न्याधिवक्ता फणिन्द्रराज कटुवालले बहस गरेका थिए भने आलमको तर्फबाट करिब १५ जना वकिलले बहस गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताए  । पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा धकेलेर मारेको पीडितहरुको गुनासो छ ।  आज उनलाई बयानका लागि अदालत लैजाँदा सुरक्षा  ब्यवस्था कडा पारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप