आरबीबी मोबाइल बैंकिङ महामेलाको मेगा विनर बने भक्तपुरका सुवाल
काठमाडौं– आरबीबी मोबाइल बैङ्किङ महामेलाको मेगा विनर कैलाश सुवाल भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार तथा छठ जस्ता ठूला चाडवाडलाई लक्षित गर्दै देशैभरी मोवाइल बैंकिङ्ग स्टलहरु सञ्चालन गरेकोमा भाग्यशाली एक ग्राहकमा सुवाल लक्की ड्रमा छानिएका हुन् । सुवालले कपल (जोडी) सहित ५ दिने थाईल्याण्ड टुर प्याकेज पाएका छन् ।
भाद्र १८ देखि असोज ३० सम्म सञ्चालित यस मोबाइल बैंकिङ्ग कारोबारमा सुवालसहित अन्य ५ जना समेत पुरस्कृत भएका छन् । ५ भाग्यशाली ग्राहक सनम राई (भद्रपुर), धु्रबकुमार शाही (दीपायल),प्रकाश बोहरा ठमेल, हिरा खनाल (बानेश्वर) र सुजन पराजुली सन्धिखर्क हरुले स्मार्ट मोबाइल फोन प्राप्त गरेका छन् ।
विजेताहरुलाई पुरस्कार वितरण गर्दै आरबीबीले युवा लक्षित कार्यक्रम अन्तरगत मोबाइल बैंकिङ्ग विग मेला कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु समेत अबका दिनहरुमा अझ सशक्त रुपमा अघि बढाइने जनाएको छ ।
आरबीबी मोबाइल बैंकिङ्ग कार्यक्रममा देशैभरबाट करिब ७० हजार सेवाग्राहीले अवलोकन गरका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने