शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको सबैला नगरपालिकामा शिक्षकले गरे तालाबन्दी

आइतबार, ०३ कात्तिक २०७६, १३ : ३९
आइतबार, ०३ कात्तिक २०७६

जनकपुर– धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब उपलब्ध नगराएको भन्दै नगरपालिका कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

आइतबार सबैला नगरपालिकाको कार्यालयमा  उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उनीहरुले ५ महिनादेखि तलब उपलब्ध नगराएकोले तालाबन्दी गरिएको बताएका छन् ।

सरस्वती माध्यमिक बिद्यालयका शिक्षक अरुण ठाकुरले नगरपालिकाले विद्यालयलाई बेवास्ता गरेको  गुनासो गरे । उनले तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने चेतावनी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप