बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कसुर’मा किशोर

बुधबार, ३२ साउन २०७४, १५ : ३३
बुधबार, ३२ साउन २०७४

काठमाडौं – दिनेश पौडेलको निर्देशनमा चलचित्र ‘कसुर’ निर्माण हुने भएको छ । चलचित्र भदौको पहिलो साताबाट छायाँकनमा जाने तयारी भइरहेको निर्देशक पौडेलले बताए ।
किशोर खतिवडा, करुणा धमला, आस्मा गच्छेदार, राजेन्दं्र बस्नेत, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने चलचित्र काठमाडौं, इलाम, झापा, धरान र धनकुटामा छायाँकन गरिने छ । 
भानु न्यौपाने निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता कुमार श्रेष्ठ हुन् । कृष्ण श्रेष्ठ सह–निर्माता रहेको चलचित्र जावेद शाह र पर्शुराम थापाले छायाँकन गर्नेछन् । 
ओम सुनुवारको संगीत रहने चलचित्र २९ मंसिरमा प्रदर्शनमा ल्याइने निर्माण युनिटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप