बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफू बिरामी भएको समाचार आएपछि अमिताभले भने, ‘यो शोषण हो, संसारमा सबै कुरा बेच्नको लागि होइन’

आइतबार, ०३ कात्तिक २०७६, १० : ५४
आइतबार, ०३ कात्तिक २०७६

अमिताभ बच्चनले आफ्नो बिरामीको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको बताएका हुन् । 

उनले यस्तो विषयमा सञ्चारमाध्यमले व्यक्तिगत रुपमा शोषण गरेको आरोप समेत लगाएका छन् । उनले अस्पतालमा भर्ना भएको समाचारलाई शोषण र सामाजिक रुपमा अवैध भएको समेत उल्लेख गरेका छन् । 

अमिताभले लेखेका छन्, ‘कृपया, पेसागत नियम कानुनलाई नतोड्नुहोस् । बिरामी हुनु र उपचार गर्नु गोपनीयताको हक हो । यस्ता कुरालाई कारोबारको रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत हो । सम्मान गर्नुस् र कुरालाई सम्झिनुस् । दुनियाँमा सबैकुरा बेच्नको लागि होइन ।’

उनले उनको शिघ्र स्वास्थ लाभको कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् । 

केहीसमय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको दाबी गर्दै समाचारहरु बाहिरिएको थियो । उनले आफ्नो ब्लगमा उक्त समाचारको खण्डन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप