शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महरालाई पुनः अदालत लगिँदै

आइतबार, ०३ कात्तिक २०७६, १० : ४३
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई अदालत लगिन लागेको हो । 

जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । 

पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो । 

जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप