भाइरल : विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा
आइतबार, ०३ कात्तिक २०७६, १० : २७
एजेन्सी । भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ ।
कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।
मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको हो ।
यो घटनाको तस्विर मिडियामा बाहिरिए पछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिए । पिराजेले सन्तोजषजनक जवाफ नआएमा कलेजको मान्यता रद्द गरिने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई