शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार र रंगपत्रकारले गरे रक्तदान

बुधबार, ३२ साउन २०७४, १५ : ०६
बुधबार, ३२ साउन २०७४

काठमाडौं – ‘रगत दान जीवन दान’ भन्ने नाराका साथ रंग पत्रकार तथा कलाकारले एकसाथ रक्तदान गरेका छन् । आज अनामनगरस्थित गोर्खा एफएम चोकमा चलचित्र पत्रकार संघले आयोजना गरेको रक्तदान कार्यक्रममा कलाकार र पत्रकारले एकसाथ रक्तदान गरेका हुन् ।
चलचित्र पत्रकार संघले पहिलो पटक आयोजना गरेकबो रक्तदान कार्यक्रममा रंग पत्रकार पत्रकार, चलचित्रकर्मीदेखि विभिन्न क्षेत्रका मानिसहरुको समेत रक्तदान गरे । 
निर्माता सन्तोस सेन, अभिनेता कुसल थापा, करण क्रेजी, अभिनेत्री सारिका घिमिरे लगायत थुप्रै कलाकर्मीले समेत रक्तदान कार्यक्रममा सहभागी जनाए ।
देशका विभिन्न स्थानमा बाढी पहिरो गएर धेरै मानिसहरु घाइते भएको अवस्थामा रगतको कमी हुन सक्ने भन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
रक्तदान गर्न उपस्थित सबैले चलचित्र पत्रकार संघ निक्रिय रहेको भन्दै अब चलचित्र पत्रकारको हकहितका खातिर पनि कार्यक्रम ल्याउन सुझाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप