बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन

आइतबार, ०३ कात्तिक २०७६, ०६ : २८
आइतबार, ०३ कात्तिक २०७६

झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्  । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् । 

उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेको थिएँ । ” 

मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उनले बताए । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ ।

हात्तीको नजिकै लगेर ड्रोन उडाएपछि मौरी आएको त्रासमा हात्ती ठूलो आवाजका साथ गर्जंदै जङ्गलतिर भाग्ने गरेको प्रधानले बताए । पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उनको भनाइ छ ।
 
डिभिजन वन कार्यालय, झापाको समेत सहभागितामा स्थानीय बासिन्दासहितको टोलीले हात्ती धपाउन साइरन ड्रोन परीक्षण गरेको थियो । गत बिहीबार र शुक्रबार राति यसको परीक्षण गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप