बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डिलक्स बसको ठक्करबाट प्रहरी जवानको मृत्यु

शनिबार, ०२ कात्तिक २०७६, २२ : २३
शनिबार, ०२ कात्तिक २०७६

सुनसरी-सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको छ । दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालय कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुने प्रहरी जवान २८ वर्षीय किरण कठायतको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसलाई दङ्गा नियन्त्रण प्रहरी गण दुहवीले नियन्त्रणमा लिएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका–३ बस्ने ३९ वर्षीय पन्च नारायण मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप