विकास निर्माणमा जनता र जनप्रतिनिधि एक हुनुपर्छ : नेता सिंह
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जनता र जनप्रतिनिधि मिलेर अगाडि बढेमात्र देशको विकास हुने बताउनुभएको छ ।
टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले विकास र निर्माणमा राजनीति गर्न नहुने बताएका हुन् ।
“बहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलले घोषणापत्र बनाएर जनतामाझ जाने र जितेपछि उक्त घोषणापत्रअनुसार काम गर्ने भएकाले जनप्रतिनिधिलाई सहयोग गनुपर्छ, तब विकास हुन्छ”, उनले भने ।
प्रदेश ३ का प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौलाले राजनीतिकरुपमा विभिन्न पार्टीबीच विभाजन भए पनि धार्मिक पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले विकासको जग खडा गर्दै गएको बताए ।
प्रदेशसभा सदस्य जीवन डङ्गोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले दुई तिहाइ जनमत पाएको सरकारले जनताका पक्षमा काम गर्न नसकेको बताए ।
्
“पछिल्लो समय तीनै तहमा भ्रष्टाचार बढेको छ, यसलाई रोक्नका लागि जनताले खबरदारी गर्नुपर्छ”, उनले भने । टोखाको विकासका लागि काङ्ग्रेसले सहयोग गर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी टोखाका संयोजक दीपक बानियाँ, नेपाली काङ्ग्रेस टोखा नगरपालिकाका सभापति वसन्त श्रेष्ठ, टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपाललगायतले स्थानीय विकासमा राजनीति गर्न नहुने बताए।
टोखा नगरपालिका–११ का अध्यक्ष उत्तम अधिकारीले समृद्ध टोखा निर्माणका लागि टोखाभित्र रहेका सबै वडालाई बोलाएर चियापान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’