शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनी नागरिक पोखरामा मृत फेला

शनिबार, ०२ कात्तिक २०७६, २० : २८
शनिबार, ०२ कात्तिक २०७६

पोखरा । जर्मनी नागरिक पोखराको एक होटलमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका ६ लेकसाइड स्ट्रेट नम्बर २ को होटल लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका उनी बिहान मृत फेला परेका थिए । 

७६ वर्षिय कार्ल हेइन्ज स्किकेल केही दिनदेखि सोही गेष्ट हाउसमा बस्दै आएका थिए । बिहान अबेरसम्म नउठेपछि होटलका साहुजीले उठाउन जाँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

उनी सोही होटलको कोठा नम्बर २०३ मा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप