शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

शनिबार, ०२ कात्तिक २०७६, १९ : ५८
शनिबार, ०२ कात्तिक २०७६

एजेन्सी – स्टार खेलाडीहरु लियोनल मेस्सी, एन्टोइन ग्रीजम्यान र लुइस स्वारेजले गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले इबरलाई उसैको मैदानमा ३–० गोलले हरायो । 

बार्सिलोनाको जितमा एन्टोइन ग्रीजम्यानले १३औं मिनेटमा खाता खोले । लियोनल मेस्सीले ५८औं मिनेटमा दोस्रो गोल गरे । लुइस स्वारेजले ६६औं मिनेटमा गोलगर्दै बार्सिलोनाको जित सहज बनाए । जितसँगै बार्सिलोनाले नौ खेलबाट १९ अंक बनाएको छ । इबरले नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आठ खेलबाट १८ अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप