बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपिडितका लागि चलचित्र संघको राहत कोष

बुधबार, ३२ साउन २०७४, १५ : ००
बुधबार, ३२ साउन २०७४

काठमाडौं – चलचित्र क्षेत्रसँग सम्बन्धित ब्यावसायिक तथा पेशागत संघ संस्थाहरुले बढी पिडितका लागि बिभिन्न राहत कोष स्थापना गर्ने क्रम बढ्दो छ । 


यस्तैमा चलचित्र भवन ब्यावसायी र चलचित्र बितरकहरुको छाता संगठन नेपाल चलचित्र संघले पनि बाढी पिडितको लागि राहत कोष स्थापना गरेको छ । 


संघले आफ्नो तर्फबाट रु. १ लाख नगद राख्दै कोष स्थापना गरेको हो । उक्त कोषमा चलचित्र प्रदर्शक क्युएफएक्स सिनेमाको तर्फबाट रु. १ लाख र बिके फिलिम्सको तर्फबाट दश हजार समेत जम्मा भइसकेको छ । 


संघले अभियानमा सहयोग गर्न सबैमा आब्हान गरेको छ । चलचित्र संघ मार्फत जम्मा हुने सम्पुर्ण रकम एनएफसिसि नामक संस्था मार्फत पिडित समक्ष पुर्याइने संघले बिज्ञाप्ती मार्फत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप