बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सम्राटको राज्याभिषेकको क्रममा जापानले एकै पटक ५ लाख ५० हजार अपराधीलाई माफी दिँदै

शनिबार, ०२ कात्तिक २०७६, १७ : ५७
शनिबार, ०२ कात्तिक २०७६

एजेन्सी – जापानका सम्राट नारुहितोको राज्याभिषेकको क्रममा ठूलो संख्यामा  अपराधीलाई रिहाइ गरिन लागिएको छ । 
त्यहाँको सरकारले अपराधीको समाजिक एकीकरणलाई ध्यानमा राखेर सजाय माफी गर्ने निर्णय गरिएको बताएको छ । यस्तै लामो समयदेखि सजाय काटिरहेका थप हजार कैदिलाई तिनको गम्भीर रोगलाई ख्याल गरेर मानवीय आधारमा रिहा गरिँदैछ । 

नोभेम्बर १० मा राज्याभिषेक कार्यक्रम

जापानमा हगिबिस आँधीको कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि सम्राट नारुहितोको पूर्व–निधारित राज्याभिषेक कार्यक्रम अक्टोबर २२ बाट स्थागित गरेर नोभेम्बेर १० मा गर्ने निर्णय गरिएको थियो । 
हगिबिस आँधी अक्टोबर १२ मा जापान पुगेका थियो, जसका कारण जापानमा झण्डै १० हजार घर नष्ट भएका थिए । हालसम्म आँधीका कारण ७७ मो मृत्यु भएको छ भने ३४६ मानिस घाइते भएको पुष्टि भएको छ । अझै ७ मानिस वेपत्ता छन् । 

यसअघि पनि गरिएको थियो कैदी माफि

सन् १९८९ मा पनि जापानका सम्राट हिरोहिताको मृत्यु हुदाँ ५० लाख मानिसको अपराध माफी गरिएको थियो । त्यस बखत कैदीको अपराध माफी दिएर तिनको नागरिक अधिकार पुनर्स्थापित गरिएको थियो । 
त्यस्तै सन् १९९० मा नयाँ सम्राट अकिहितोको राज्याभिषेकको क्रममा अलगै २० लाखभन्दा बढी अपराधीलाई क्षमा गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप