शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको गाडीमा तोडफोड गर्ने ७ जना पक्राउ

शनिबार, ०२ कात्तिक २०७६, १६ : १५
शनिबार, ०२ कात्तिक २०७६

रौतहट । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् । 

ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् । 

गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले एक्कासी ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको छ । 

पक्राउ पर्नेहरुमा कटहरिया ६ फतेपुरका बर्ष ३० का सुवोध कुमार सहनी, सोही ठाँउका बर्ष ३० का रन्जित स हनी, बर्ष ३०का वीरेन्द्र सहनी, बर्ष २६ का उमेश पाश्वान, बर्ष १९ का मुना खाँ र बर्ष १८ का सकिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

पक्राउ भएका सबैजनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका निमित्त प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए । 

शुक्रवार अपरान्ह कटहरिया माविको प्राङ्गणमा मेयरकप क्रिकेट प्रतियोगिताको फाइनल भएको थियो ।

ब्याटिङ गरिरहेका कटहरिया टिमका ब्याटुसमेन संजिव सिंहलाई अम्पाएरले आउट नभएको भन्दा पनि फतेपुरका खेलाडीले जबरजस्ती आउट भएको भन्न थालेपछि दुबैगाँउका खेलाडी र स्थानीयबीच केही समय झडप भएको थियो ।

उक्त झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी गस्ती टोलीले सामान्य लाठीचार्ज गरेको थियो । 

सोही लाठीचार्जको बिषयलाई लिएर आक्रोशित फतेपुरमा केही स्थानीय खेलाडी र युवाले प्रहरीको गाडीमा ढुंगामुढा गरेको बुझिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप