बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राइनोज क्वालिफायरमा

शनिबार, ०२ कात्तिक २०७६, १३ : ४३
शनिबार, ०२ कात्तिक २०७६

काठमाडौं। चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदनमा शनिबार भएका खेलमा चितवनले पोखरा पल्टनलाई सात विकेटले हरायो ।

चितवनको लगातार तेस्रो जित हो । चितवन एक खेल अगाडीनै क्वालिफायरमा पुगेको हो । यसअघि चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई पाँच विकेट र दोस्रो खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले हराएको थियो ।

एक सय २८ रनको विजय लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । चितवनको जितमा ओपनर काजल श्रेष्ठले ५१ रन बनाए । कन्चन श्रेष्ठले २९ र कप्तान इन्दु बर्माले २४ रन बनाईन् । पोखराकी अन्जली चन्दले दुई विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनायो । पोखराको लागि कप्तान सीता रानामगरले सर्वाधिक ६५ रन बनाईन् । मन्जु बोगटीले अविजित २४ र कविता कुवरले १५ रनाईन् । चितवनकी कविता गौतमले दुई र रेखा रावलले एक विकेट लिए । चितवनले लिगचरणको अन्तिम खेल आइतबार विराटनगर टाइटन्ससँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप