बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डी मारियाको गोलमा पीएसजीको फराकिलो जित

शनिबार, ०२ कात्तिक २०७६, १३ : ०४
शनिबार, ०२ कात्तिक २०७६

डी मारिया चम्किएको खेलमा फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले नाइसलाई उसैको मैदान ४–१ गोलले हरायो । पीएसजीले नौ खेलाडीमा समेटिएको नाइसमाथि लगातार गोल गर्ने अवसर बनाएको थियो ।

पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मोउरो इकार्डीले एक एक गोल गरेका थिए । नाइसका इगनाटस गनागोले सान्त्वना गोल फर्काए । पीएसजीले खेलको १५औं मिनेटमा डी मारियाको गोलबाट खेलमा शुरुवाती अग्रता लिएको थियो । मारियाले इकार्डीको पासमा गोल गरेका थिए । मारियाले २१औं मिनेटमा दोस्रो गोल गरे । उनले थोमस मुनियरको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

६७औं मिनेटमा इगनाटसले गोल गर्दै घरेलु नाइसलाई खेलमा फर्काउने प्रयास गरे । इगनाटसको गोल लगत्यै नाइस नौ खेलाडीमा समेटियो । ७४औं मिनेटमा वेलान साइप्रिन दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए । ७७औं मिनेटमा क्रिस्टोफे हेरेल्ले सिधै रातो कार्ड पाँदै बाहिरिएका थिए ।

त्यसपछि पीएसजीलाई जित निकाल्न थप सजिलो भएको थियो । ८८औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे । उनी पाब्लो सर्वियाको स्थानमा८३औं मिनेटमा मैदान छिरेका थिए ।

चोटका कारण केही समय देखि विश्राममा रहेका एमबाप्पेले यही खेलबाट उत्कृष्ट पुरागमन गरेका छन् । दोस्रो हाफको इन्जुरी समयमा इकार्डीले गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।

जितसँगै पीएसजी १० खेलबाट २४ अंक बनाएको छ । पीएसजी तालिकाका शीर्ष स्थानमा छ । १३ अंक बनाएको नाइस नवौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप