केन्द्रीय संस्करण

कविता : रारा ! तिमीप्रति

person explore access_timeकात्तिक २, २०७६ chat_bubble_outline0

-डा. अच्युतशाली घिमिरे

यो मनको तिमी ढुकढुकीमा बस्छ्यौ
पारि हिमाल देखेर घरि घरि हास्छ्यौँ
भन ! कति अप्र्यौ तिमीलाई गनेर तारा ?
सम्पूर्णमा तिमी छाइरहन्छ्यौ रारा ।

खै किन कुनामा छ्यौ ? भेट्न म गएँ
पिरतीको अन्तिम प्यास मेट्न म गएँ
छाडेर जे छ पीर व्यथा सारा
मलाई नै पर्खी बस्यौ मेरी प्यारी रारा ।

मुगुको काखैमा तिमी नाची रन्छ्यौ
सुसेली हाल्दै आफ्नो गीत भन्छ्यौ
हेर ! कति छायाहरु तिमीमा पौडिरहेछन्
चिसा बतासहरु तिमीसँगै डौडिरहेछन् ।

जादू त्यो स्वर्गको सुटुक्क चोर्ने हौ कि तिमी उर्वशी ?
पुग्नै लौ कठिन हुने हौ कि एकान्तकी परदेशी ?
तिम्रासामु पुग्दा खै किन संसार जिते झैँ लाग्यो
विषादमय यो निद्रा कृत्रिमताको खै कता पो भाग्यो ।

माधुर्य तिम्रो आश्चर्ययुक्त, लामै छ केश
रङ्ग फेर्ने तिम्रो मोहनी, बुझ्दैन यो देश
मादलुको तालमा रोदी तिमी गाउँछ्यौ
छपक्कै भिझाएर सपनीमा आउँछ्यौ ।

लालित्य अधैर्य तिम्रो, छ कौमार्य शक्ति
चढाई कोमल पुष्प गर्छु असिम भक्ति
तिलिचो र फोक्सोण्डो दौतारीमा पर्छन्
तिमलाई भेट्न छिटोछिटो सबै उकालो चढ्छन्

शालीन शैली छ तिम्रो धैर्यमय शान
देखेर तिमलाई हुन्छ उच्च भान
हौ साक्षात देवी तिमी, स्वर्गकी परी
कोटी कोटी प्रणाम तिमीलाई जयजयकार गरी !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...