शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीआईपी’ अभियुक्त : ‘फौजदारी कामकारबाही अघि बढाउँदा पारदर्शिता र कानुनमा एकरुपता चाहिन्छ’

शनिबार, ०२ कात्तिक २०७६, ०७ : ११
शनिबार, ०२ कात्तिक २०७६

१२ वर्ष पुरानो फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेपछि कांग्रेसका स्थानीय कार्यकर्ताले विरोध प्रदर्शन गरे । १२ घण्टा पनि नबित्दै कांग्रेस नेतृत्वले आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन दियो ।

– जनकपुर विमानस्थलमा तोडफोड आरोपमा राजपाका सांसद प्रमोदकुमार साह पक्राउ परे । राजपाका स्थानीय कार्यकर्ता विरोधमा उत्रिए पनि नेतृत्व उक्त घटनामा मौन रह्यो ।

– तत्कालीन सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएलगत्तै उनको पार्टी नेकपाले सभामुख र सांसद पदबाट राजीनामा दिन निर्देशन दियो । सभामुखबाट राजीनामा दिएका महरालाई सांसद पद पनि छाड्न पार्टीका नेताहरूले दबाब दिएका छन् ।

– नेकपाका सांसद पार्वत गुरुङलाई फौजदारी अभियोगमा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद दियो । नेकपाले अदालतलाई सहयोग पुर्‍याउन सांसद गुरुङलाई निर्देशन दिएको स्रोत बताउँछ ।

नेपाली राजनीतिमा दुई सातायता फरक दृश्य देखापरेको छ । राज्यको उच्च ओहोदाका व्यक्ति फौजदारी अभियोगमा भटाभट तानिएका छन् । विगतमा सत्ता र शक्तिको आडमा लुकाइएका घटनामा पनि सांसदहरू पक्राउ परेका छन् । राजनीतिक आवरणका अपराधमा ‘भीआईपी’ नै कानुनी दायरामा आउन थालेपछि राजनीति सङ्लो हुने आशा पलाएको छ ।

‘राजनीति प्रदूषित भएको आमगुनासो थियो’, पूर्वप्रशासक भोजराज पोखरेले भने, ‘राजनीतिका आडमा जे पनि गर्न छुट छ भन्ने थियो । त्यस्तो प्रवृत्ति नियन्त्रण हुन सक्छ भन्ने सन्देश जनतामा गएको छ ।’ 

‘यसले समाजमा सकारात्मक सन्देश गएको छ’, संविधानविद् विपीन अधिकारी भने, ‘फौजदारी कामकारबाही अघि बढाउँदा पारदर्शिता र कानुनमा एकरुपता चाहिन्छ ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा नरेन्द्र साउदले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप