केन्द्रीय संस्करण
नारीवाद बहस

नारीवादीले कहिल्यै आफूलाई पुरुषविरोधी भनेका छैनन्, यो आन्दोलन पितृसत्ता विरुद्ध हो

महिला र पुरुषको यौनाङ्ग अलग हुन्छ भने तीबीच ‘सेक्स इक्वालिटी’ कसरी हुन्छ : कमला भसिन

person explore access_timeकात्तिक २, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

कमला भसिन मुख्यतः दक्षिण एसियाली नारीवादी अभियन्ताका रूपमा परिचित छिन् । त्यति मात्र परिचयले उनलाई परिचित गराउनु अन्याय हुन्छ । वास्तवमा उनी कवि, लेखक र विज्ञ पनि हुन् । उनको ‘जेन्डर’सम्बन्धी पुस्तक विश्वविद्यालय स्तरमा पढाइ हुन्छ । उनी आफ्नो एनजीओ ‘सङ्गत’को कार्यक्रमका सिलसिलामा बेलाबेलामा नेपाल आउने गर्छिन् । गत भदौमा नेपाल भ्रमणका क्रममा उनीसँग रातोपाटी संवादाता माया श्रेष्ठले लामो कुराकानी गरेकी थिइन् । सो अन्तरवार्ताको सार :

तपाईंको परिचय एक नारीवादीका रूपमा बनेको छ । तर समाजले नारीवादीलाई त्यति राम्रो दृष्टिले हेरेको पाइँदैन । नारीवादबारे अन्यौल पनि उतिक्कै छ । नारीवाद, नारीवादीबारेमा धेरैले बुझ्ने गरी सरल भाषामा बताइदिनुस् न । 

सरल भाषामा भन्दा नारीवादीहरू ती मानिस हुन् जो महिला र पुरुषलाई बराबरी ठान्छन् र व्यवहारमा पनि समानताको अभ्यास गर्छन् । अनि यस्तो समानता हुनुपर्छ भन्ने विचार, सिद्धान्तलाई नारीवाद भनिन्छ ।

विगत २, ३ हजार वर्षदेखि महिलालाई पछाडि पारियो र उनीहरूविरुद्ध हिंसा, उत्पीडन भयो । त्यसको अन्त्य हुनुपर्छ भन्दै नारीवाद जन्मिएको हो ।

समाजमा दलित आन्दोलन छ किनकि दलित पछाडि परेका छन् । उनीहरूविरुद्ध दमन, उत्पीडन छ । जो दबेको छ, उसले उठ्ने कोसिस गर्छ । यो मानवीय प्रकृति हो ।

अब समाजमा पुरुष आन्दोलन देखिँदैन किनकि कोही व्यक्ति पुरुष भएकै कारण दमनमा पर्दैनन् । तर पुरुष दलित परिवारमा जन्मिएको छ भने ऊमाथि अलग खालको उत्पीडन हुन्छ, तिनको लागि आन्दोलनको आवश्यकता भयो ।

महिला, दलितजस्तै समाजमा उत्पीडनमा परेका मजदुरले आफ्नै आन्दोलन चलाइरहेका छन् । अब पुँजीवादीले अधिकार चाहियो भनेर आन्दोलन गरेको देख्नुभएको छ ? उसलाई त अधिकार चाहिँदैन किनकि ऊ आफैं लुट्ने ठाउँमा छ ।

कुनै आमा र बाबाले छोरीलाई आफ्नो क्षमताअनुसार पढाउँछन्, ठूलो भएपछि छोरीले मनले इच्छाएर रोजेको पेसालाई समर्थन गर्छन्, कामको सिलसिलामा राति घर फर्किने कुरालाई सहज लिन्छन् भने त्यो परिवारले पनि नारीवाद अभ्यास गरिरहेको भन्न सकिन्छ ।

*******

नारीवादी व्यवहार हाम्रै दैनिक जीवनमै अभ्यास भइरहेको हुनसक्छ र हामीले तिनलाई ख्याल नगरेको हुनसक्छौँ । कुनै आमा र बाबाले छोरीलाई आफ्नो क्षमताअनुसार पढाउँछन्, ठूलो भएपछि छोरीले मनले इच्छाएर रोजेको पेसालाई समर्थन गर्छन्, कामको सिलसिलामा राति घर फर्किने कुरालाई सहज लिन्छन् भने त्यो परिवारले पनि नारीवाद अभ्यास गरिरहेको भन्न सकिन्छ ।

छोरीलाई आत्मविश्वास र योग्यता दिने अभिभावक नारीवादी हुन् । आत्मविश्वासी र योग्य दिदीबहिनीलाई दाजुभाइबाट सुरक्षाको आवश्यकता हुँदैन । दाजुभाइ पनि अतिरिक्त बोझबाट मुक्त भए । पितृसत्ताले पुरुषलाई अतिरिक्त सामाजिक अपेक्षा थपेको हुन्छ, नारीवादको अभ्यासबाट यो बोझ कम हुन्छ ।

कुनै मानिसले कविता लेखेर, चलचित्र बनाएर वा अन्य धेरै तरिकाले नारीवादलाई सहयोग पु¥याइरहेका हुन्छन् । हामीकहाँ नारीवादी सङ्र्घष भन्नाले सडक आन्दोलन मात्र भन्ने अपूरो बुझाइ छ । त्यो पनि महत्त्वपूर्ण हुन्छ तर त्यतिले मात्र पुग्दैन ।

नारी–पुरुष बराबर हुनुपर्छ भन्नुमा त नराम्रो देखिँदैन तर विश्वभरी नै ‘नारीवादी समाज भाँड्छन्, पुरुष विरोधी हुन्छन्’ भन्ने जस्ता आरोप लाग्ने गर्छ । यो नकारात्मक धारणा कसरी निर्माण भयो ? बुझाउनमा पो समस्या भयो कि ?

बुझाउनमा समस्या होइन । किनकि हामी नारीवादीले कहिल्यै पनि यो अभियानलाई पुरुष–विरोधी भनेका छैनौँ । हामी पितृसत्ता विरुद्धमा छौँ ।

पितृसत्ता एउटा मानसिकता र समाजिक प्रणाली हो, जसले पुरुषहरू उत्तम हुन्छन् र महिला पुरुषभन्दा निम्न र निकृष्ट हुन्छ भन्ने धारणा राख्छ ।

*******

पितृसत्ता एउटा मानसिकता र समाजिक प्रणाली हो, जसले पुरुषहरू उत्तम हुन्छन् र महिला पुरुषभन्दा निम्न र निकृष्ट हुन्छ भन्ने धारणा राख्छ ।

*******

त्यो मानसिकताले घरमा छोरा जन्मिँदा उत्सव मनाउने बनाउँछ र छोरी जन्मिँदा एक खालको निराशा उत्पन्न गराउँछ । भारतमा ठूलो सङ्ख्यामा मानिस गर्भमै लिङ्ग जाँचेर मार्छन् । यहीँबाट देखिन्छ पितृसत्ता कति क्रुर छ । पितृसत्तात्मक सोचका कारण अभिभावक आफ्नी छोरी मारिरहेका छन् ।

*******

हामी यही क्रुर पितृसत्ताको विरोधी हौँ । पित्तृसत्ताको विरोध पुरुषको विरुद्धमा होइन ।

*******

हामी यही क्रुर पितृसत्ताको विरोधी हौँ । पित्तृसत्ताको विरोध पुरुषको विरुद्धमा होइन । केही पुरुष पित्तृसत्ताको विरोधमा बाहिर आइरहेको र केही महिला भने पितृसत्ताको समर्थन गरेको देख्छौँ । हामी भने महिला–पुरुष दुवैले लिएको पितृसत्तात्मक सोचका विरोधी हौँ ।

नारीवादप्रतिको डर आधारहीन डर हो । समाजको ठूलो हिस्सा यथास्थितिमा आनन्द मान्छ । दमन छ, असमानता छ तर सधैँ यही जन्मेदेखि यस्तै अवस्था देखियो विरोध गरेर किन कष्ट उठाउनु भन्ने सोच ठूलो सङ्ख्यामा देखिन्छ । त्यो सोचले हामीप्रति सशङ्कित हुने अवस्था उत्पन्न गरेको छ । किनकि हामी त यथास्थितिका हरेक असमानताप्रति प्रश्न उठाउँछौँ । त्यसले मानिस आतिन्छन् ।

अर्को कुरा, महिलालाई बराबरीको अधिकार दिँदा आफ्नो विशेषाधिकार गुम्ला भन्ने डर भएका पुरुषको सङ्ख्या ठूलो छ ।

महिलालाई बराबरीको अधिकार दिँदा आफ्नो विशेषाधिकार गुम्ला भन्ने डर भएका पुरुषको सङ्ख्या ठूलो छ ।

*******

दलितकै सन्दर्भमा हेरौँ न । देशको संविधानले उनीहरूलाई बराबरको अधिकार दिएको, छुवाछूतलाई बन्देज लगाएको छ । तर अधिकारलाई कार्यान्वयन गर भन्दा उच्च जातिको मनमा डर पस्छ । नारीवादी मागबारे पनि त्यस्तै हुन्छ । अन्यायकारी विशेषाधिकार छाड्न नचाहने पुरुषलाई हामी मन पराउँदैनौँ । 

समाजमा धर्म सवाल–जवाफभन्दा माथि हुनुपर्छ भन्ने धारणा राख्नेको प्रधानता छ । हामी महिलालाई विभेद गर्ने हरेक धार्मिक परम्पराको विरोध गर्छौं । त्यसले पनि मानिसलाई चिड्याउँछ ।

*******

महिला लिपिस्टिक र ‘फेयर एन्ड लब्ली’जस्ता क्रिम नलगाएसम्म बेकार देखिन्छु भन्ने सोच राख्छन् । सौन्दर्यलाई लिएर महिलामा एक खालको बोझ बोकाइएको छ ।

******

हामी महिलालाई पुरुषको आँखामा राम्रो देखिनुपर्ने धारणालाई प्रबर्द्धन गर्ने कस्मेटिक उद्योगको विरुद्ध बोल्छौँ । अब सौन्दर्य सामग्री निर्माण गर्ने कम्पनीको विज्ञापन कति प्रभावकारी छन् हेर्नुस न ।

महिला लिपिस्टिक र ‘फेयर एन्ड लब्ली’जस्ता क्रिम नलगाएसम्म बेकार देखिन्छु भन्ने सोच राख्छन् । सौन्दर्यलाई लिएर महिलामा एक खालको बोझ बोकाइएको छ । पुरुषहरू तिनको प्रयोग नगरे पनि सहज नै छन् त ।

हामी तिनको झुटको विरोध गर्दै प्राकृतिक सुन्दरतालाई सहज स्वीकार्न सक्नुपर्छ भन्छौँ । ती कम्पनीले जसरी गोरो हुँदा मात्र राम्रो होइन्छ भन्नेजस्तो नश्लवादी विचार प्रचार गरिरहेका छन् । त्यसले हामी दक्षिण एसियाली र अफ्रिकीहरूमा कति हीनताबोध विकास गरेको होला ? सोच्नुस् त ।

ती सौन्दर्य उद्योग आफ्नो नाफा गुम्ने डरले हाम्रा कुरा सुन्नै नहुनेजस्तो पार्न हाम्रोबारे नकारात्मक फैलाउँछन् । 

त्यस अतिरिक्त हामी नारीवादीहरू धेरै पहिलेदेखि पितृसत्तात्मक चरित्रको मिडिया, महिलाको परम्परागत भूमिका र विषाक्त पुरुषत्वलाई आकर्षक देखाउने फिल्म–उद्योगको विरोध गरिरहेका छौँ । यिनले हाम्रो बारेमा राम्रो छवि प्रस्तुत गर्दैनन् ।

तर अहिले विस्तारै चेतना फैलिरहेको छ । विश्वभरका सरकारहरू हाम्रो कुरा स्वीकार्न थालेका छन् । इतिहासमा त्यस्तो थिएन  । अहिले संसारका सबैजसो देशका कानुनले समानताको कुरा गर्न थालेका छन् । यो नारीवादी आन्दोलनले झण्डै दुई सय वर्षको समयदेखि उठाइरहेको कुरा हो ।

विस्तारै मानिसले हाम्रो आन्दोलनलाई बुझ्नेछन् ।

 एउटा पुरुष नारीवादी हुन सक्छ कि सक्दैन ?

सबै पुरुष पितृसत्ताका समर्थक छैनन् र सबै महिला पितृसत्ताका विरोधी पनि छैनन् । म आफू सहभागी नारीवादी अभियानहरूमा पुरुषको पनि इमानदारितापूर्वक समर्थन देख्छु ।

अहिले नारीवादी अभियानलाई सघाउने पुरुषहरूको विश्वव्यापी सञ्जाल ‘मेन इङ्गेज’ नै बनेको छ ।

तर फेरि यो पनि सत्य हो कि पित्तृसत्ताले पुरुषलाई फाइदा गर्छ । समाजमा पुरुषको सङ्ख्या ५० प्रतिशतको वरिपरि हुन्छ तर तपाईंको संसदमा तिनको उपस्थिति ६६ प्रतिशत छ । अरू देशमा त त्यो झन् बढी छ । अझ सर्वोच्च अदालतका ९९ प्रतिशत न्यायाधीश पुरुष देखिन्छन् ।

*******

पुरुषको सङ्ख्या समाजमा ५० प्रतिशत मात्र हो तर झण्डै १०० प्रतिशत बलात्कार पुरुषबाट भइरहेको छ । ९९ प्रतिशत अपराधी र आतङ्कारी पुरुष देखिएका छन् । यो कसरी भयो?

*******

सम्पत्तिको मालिक पनि पुरुष नै हुन्छ । पुरुषको सङ्ख्या समाजमा ५० प्रतिशत मात्र हो तर झण्डै १०० प्रतिशत बलत्कार पुरुषबाट भइरहेको छ । ९९ प्रतिशत अपराधी र आतङ्कारी पुरुष देखिएका छन् । यो कसरी भयो ?

जन्मदै ती त्यस्तै थिए त ? जन्मदै त कोही हिंस्रक जन्मदैनन् । तर हुर्किदै गर्दा पुरुषलाई हिंस्रक हुन केले प्रेरित गर्‍यो ? रक्सी नखाए कमजोर ठहरिएला भन्ने डर कसले बनायो ? मोटरसाइकल चलाउँदा अत्यधिक स्पिडमा चलाउन के प्रेरित गर्‍यो ?

पितृसत्ता पुरुषलाई आक्रमक हुन दबाब दिन्छ । यस सोच–प्रणालीले पुरुषलाई कैयौँ कुरामा दबाब सिर्जना गरेर र कैयौँ कुरामा छुट दिएर हिंस्रक बनाइरहेको छ । त्यसैले हामी भन्छौँ, पितृसत्ता पुरुषका लागि पनि नोक्सानी पुर्‍याउने खालको छ ।

पितृसत्ता पुरुषका लागि पनि नोक्सानी पुर्‍याउने खालको छ ।

*******

लामो समयसम्म यो कुरा पुरुषको ध्यानमा पुग्न सकेन तर अहिले यसमा पनि परिवर्तन आउँदैछ । त्यसैको एउटा कडी हो ‘म्यान इन्गेज्ड’ । त्यसको नेपाल च्याप्टर पनि खुलेको छ, जसको कार्यालय सिविनमा छ ।

 समाजमा महिला पुरुष पूर्ण रूपमा फरक हुन्, उनीहरूबीच समानता हुन सक्दैन भन्ने विचार राख्ने ठूलो सङ्ख्या छ । तिनको तर्कलाई कसरी प्रतिरोध गर्नुहुन्छ ?

अब पुरुष र महिलामा के फरक भन्ने तथ्यगत रूपमा हेरौँ न त । शारीरिक रूपमा पुरुष र महिलाको शरीरको ९५ प्रतिशत वा अझ बढी एउटै छ ।

*******

महिलाको शरीरमा अण्डा उत्पादन गर्ने र बच्चालाई गर्भमा राख्ने प्रणाली छ भने पुरुषमा वीर्य उत्पादन गर्ने प्रणाली छ । बाँकी सम्पूर्ण कुरामा हामी समान छौँ । मानसिक क्षमतामा पुरुष र महिलामा केही भिन्नता देखिँदैन ।

*******

पुरुष र महिलाबीचको शारीरिक भिन्नता मुख्यतः बच्चा जन्माउने र त्यसका सहायक अङ्गमा देखिन्छ । महिलाको शरीरमा अण्डा उत्पादन गर्ने र बच्चालाई गर्भमा राख्ने प्रणाली छ भने पुरुषमा वीर्य उत्पादन गर्ने प्रणाली छ । बाँकी सम्पूर्ण कुरामा हामी समान छौँ । मानसिक क्षमतामा पुरुष र महिलामा केही भिन्नता देखिँदैन ।

खासमा भएको के हो भने हामी जन्मँदा त मानिस भएर जन्मन्छौँ तर त्यसको ३/४ वर्षपछि हामीलाई मानिस रहन दिइँदैन ।

कसैलाई पुरुष बनाइन्छ अर्कोलाई महिला बनाइन्छ । कसैलाई ब्राह्मण बनाउँछन्, कसैलाई दलित बनाउँछन् । कसैलाई मुसलमान बनाए, कसैलाई हिन्दू बनाए । यो प्रकृतिले बनाएको होइन । प्रकृतिले हामीलाई मानिस बनाउँछ । हामी त्यसमाथि अनेक ‘ठप्पा’ लगाउँछौँ । हामीले प्रकृतिलाई मास्ने काम गरौँ ।

*******

‘मानिस’ यति ठूलो परिचय हो । त्यसमा सम्पूर्ण मानवता समाहित हुन्छ । तपाईं आफूलाई भारतीय, हिन्दू, फलानो जातको जस्ता पहिचान जोड्न थाल्नुभयो भने तपाईं खुम्चँदै जानुहुन्छ ।

******

‘मानिस’ यति ठूलो परिचय हो । त्यसमा सम्पूर्ण मानवता समाहित हुन्छ । तपाईं आफूलाई भारतीय, हिन्दू, फलानो जातको जस्ता पहिचान जोड्न थाल्नुभयो भने तपाईं खुम्चँदै जानुहुन्छ ।

यसरी खुम्चँदा ९० प्रतिशतभन्दा बढी संसार हामीभन्दा बाहिर पर्छ ।

 तपाईंले भन्नु भएजस्तो महिला पुरुषबीचको परम्परागत भूमिकालाई विभेदकारी र कठोर कायम राखिराख्न कसको भूमिका छ ?

अध्ययनले मानव इतिहासको दशौं हजार वर्ष स्त्री पुरुष समानतापूर्वक बसेको देखाउँछ । कोही तल थिएन र कोही माथि थिएन । न कुनै छाउपडी थियो न कुनै दाइजो । त्यो यस्तो समय थियो जब दलित भन्ने थिएन ब्राह्मण थिएन न त धनी न गरिब नै थियो ।

तर निजी सम्पत्तिको विकासपछि यसमा परिवर्तन सुरु भयो । त्यसपछि आफूले जीवनभरी कमाएको सम्पत्ति आफ्नो सेखापछि कसले उपभोग गर्ने प्रश्न उत्पन्न भयो । यसमा स्वाभाविक जवाफ आफ्ना सन्तानको भन्ने हुन्छ नै ।

त्यो अवस्थामा पुरुषहरूलाई एउटा समस्या सिर्जना भयो । समूहमा बसोबास गर्ने र स्वच्छन्द यौन अभ्यास हुने तत्कालीन समाजमा पुरुषलाई आफ्नो बच्चा चिन्न सम्भव थिएन ।

तर महिलाका हकमा त्यो कुरा त्यति कठिन थिएन । अब पुरुषको निजी सम्पत्तिको स्वामित्व हस्तान्तरणमा कठिनाइ उत्पन्न भयो । विवाह त्यसको समाधान भएर आयो ।

विवाहपछि महिला र पुरुषबीचको यौन सम्बन्ध सीमित भयो । यस्तो अवस्थामा पुरुषलाई पनि आफ्नो बच्चा चिन्न गाह्रो भएन । तर त्योसँग महिलाको नियन्त्रण पनि सुरु भयो ।

त्यसपछि धर्म बन्यो । दक्षिण एसियाली क्षेत्रमा जातिवाद आयो । विस्तारै स्कुल आयो । त्यसमा पनि केटा मात्र पढ्न पाउने भन्ने कुरा भयो ।

*******

महिला र ‘सुद्र’लाई वेद सुन्न बर्जित गरिएको छ । यो महिला र दलितहरूको शिक्षामा बन्देज लगाउने प्रयास हो ।

*******

तपाईंले सुन्नु भएको छ कि छैन महिला र ‘सुद्र’लाई वेद सुन्न बर्जित गरिएको छ । यो महिला र दलितहरूको शिक्षामा बन्देज लगाउने प्रयास हो ।

जब पछि सहर बन्यो र सहरका मानिसलाई नागरिक बनाउने प्रथा सुरु भयो । त्यसमा पनि महिलालाई वञ्चित गरियो । दासलाई पनि नागरिकताबाट वञ्चित गरेर सम्पत्तिवाला पुरुष मात्र नागरिक बन्ने प्रावधान राखियो । 

लामो समयपछि बल्ल आजभन्दा डेड दुई सय वर्ष अघि मात्र महिलाले मतदान दिन पाउने अधिकारलाई लिएर आन्दोलन सुरु भयो । बेलायतबाट सुरु भएको यो अन्दोलन पहिलो सशक्त नारीवादी आन्दोलन थियो ।

पश्चिमका महिलाले लामो सङ्घर्षपछि अधिकार पाए । यता ढिलो गरी निर्वाचनको अभ्यास सुरु भयो र त्यो समयमा महिला पुरुषले एकैपटक मताधिकार अधिकार पाए । उताको सङ्घर्षले यता पनि काम गर्यो । अधिकारवादी सङ्घर्षको चरित्र विश्वव्यापी हुने गर्छ ।

इतिहासमा भएका हरेक क्रान्तिहरू चाहे त्यो फ्रेन्च क्रान्ति वा रुसी क्रान्ति वा तपाईंकै देशमा भएको गणतन्त्रको क्रान्ति, ले थोरबहुत नारीवादी उद्देश्यमा सकारात्मक प्रभाव पारेका छन् ।

*******

इतिहासमा भएका हरेक क्रान्तिहरू चाहे त्यो फ्रेन्च क्रान्ति वा रुसी क्रान्ति वा तपाईंकै देशमा भएको गणतन्त्रको क्रान्ति, ले थोरबहुत नारीवादी उद्देश्यमा सकारात्मक प्रभाव पारेका छन् ।

लामो सङ्घर्षपछि अहिले स्क्याडेभियन राष्ट्रमा महिलाको अधिकार सबैभन्दा राम्रो अवस्थामा पुगेको छ । बाँकी समानताको सङ्घर्षमा त छ तर खुसी हुने अवस्था छैन ।

तपाईंले नारीवादी आन्दोलनको कुरा गर्दा पश्चिमी राष्ट्रमा भएका सङ्घर्ष कुराहरू उप्काउनु भयो । दक्षिण एसियाका रुढिवादी राजनीतिज्ञ यसलाई पश्चिमी एजेन्डा भन्ने आरोप लगाउने गर्छन् । अहिले भारतमा हिन्दु राष्ट्रवादी भाजपा आएपछि यो क्षेत्रभरी नै त्यो खालको तर्क राख्नेको मनोबल बढेको देखिन्छ । ती नारीवादलाई पूर्वीय समाजको विखण्डन गराउने पश्चिम आयातित षड्यन्त्र भन्ने गर्छन् । के त्यो साँचो हो?

हुँदै होइन । जहाँ जहाँ महिलामाथि असमान व्यवहार हुन्छ, त्यहाँ स्वाभाविक रूपमा नारीवादको विकास हुन्छ । मैले माथि पनि भने अधिकारको आन्दोलन एक अर्काबाट प्रभावित हुन्छन् । एक ठाउँको आन्दोलनले अर्को स्थानको आन्दोलनलाई समृद्ध गराउनु अस्वाभाविक होइन ।

*******

जहाँ जहाँ महिलामाथि असमान व्यवहार हुन्छ, त्यहाँ स्वाभाविक रूपमा नारीवादको विकास हुन्छ । एक ठाउँको आन्दोलनले अर्को स्थानको आन्दोलनलाई समृद्ध गराउनु अस्वाभाविक होइन ।

*******

भारतीय उपमहाद्वीप क्षेत्रको इतिहास वा किंवदन्तीमा नारीवादी किस्सा कुनै छ?

यो क्षेत्रमा गौतम बुद्धको नाम नसुन्ने कमै छन् । उनकै समयको एउटा नारीवादी किस्सा सुनाउँछु ।

गौतम बुद्धलाई बुद्धत्व प्राप्त भएपछि उनले ‘सङ्घ’ निर्माण गरेर त्यसमार्फत ज्ञान प्रसार गर्न थाले । एक घटनापछि बुद्धले आफ्नो ‘सङ्घ’मा अछुतलाई समेत प्रवेश दिन थाले ।

बुद्ध जन्मेको दिनमै उनको आमाको मत्यु भएको थियो । उनलाई हुर्काउने कान्छी आमाले सबै जाति समान हुने शिक्षा दिएकी थिइन् । त्यो हुर्काइका कारण बुद्धमा छुवाछूतप्रति त्यति धेरै पूर्वाग्रह थिएन । त्यसैले उनले ‘सङ्घ’मा अछूतहरूलाई लिए ।

दलितहरूले बौद्ध ज्ञान पाइरहेको खबर सुनेर यो क्षेत्रका केही ज्ञानका भोका महिलाहरू बुद्धकहाँ पुगे । तिनले बुद्धसँग आफूहरूलाई पनि ज्ञान दिन आग्रह गरे । तर बुद्धले तिनको आग्रह अस्वीकार गरे ।

बुद्धबाट फर्काइएका महिलाहरू बुद्धका प्रथम शिष्य आनन्दकहाँ गुनासो गर्न पुगे । आनन्दसँगको भेटमा महिलाहरूको समूहले दलितलाई ‘सङ्घ’मा प्रवेश दिएको कुराले आफूहरू उत्साहित भएर आएको तर बुद्धबाट फर्काइएको कुरा राख्यो ।

*******

आनन्दले महिलाको कुरा सही ठानेर बुद्धलाई सम्झाए र बुद्धलाई महिलालाई पनि सङ्घमा स्वीकार्न सहमत गराए । महिलाका लागि ज्ञानको ढोका बन्द गरेको तत्कालीन सामाजिक अवस्थामा आफ्नो ज्ञानको भोकलाई पूरा गर्न प्रयास गर्ने ती महिला नारीवादी थिएनन्?

******

आनन्दले महिलाको कुरा सही ठानेर बुद्धलाई सम्झाए र बुद्धलाई महिलालाई पनि सङ्घमा स्वीकार्न सहमत गराए ।

महिलाका लागि ज्ञानको ढोका बन्द गरेको तत्कालीन सामाजिक अवस्थामा आफ्नो ज्ञानको भोकलाई पूरा गर्न प्रयास गर्ने ती महिला नारीवादी थिएनन् ? किनकि नारीवाद भनेको आफ्नो अधिकारका लागि अग्रसरता लिनु पनि हो । 

 

के महिलाको पढ्न चाहनालाई बुझेर त्यसको लागि प्रयास थाल्ने आनन्द नारीवादी थिएनन् ? तर्क राम्ररी सुनेपछि महिलालाई धर्ममा सहभागिता गराउने बुद्ध नारीवादी थिएनन् ?

यो आजको होइन २५०० वर्ष अघिको कुरा हो । त्यो समय कति पश्चिमी देश अस्तित्वमै थिएनन् । 

*******

हाम्रो क्षेत्रमा पश्चिमलाई लिएर चरम हीनताबोध छ ।

*******

हाम्रो क्षेत्रमा पश्चिमलाई लिएर चरम हीनताबोध छ । हामी सम्पूर्ण लुगा अङ्ग्रेजहरूको नक्कल गर्छौं । हामीले प्रयोग गर्ने टीभी, फिल्म, सङ्गीतमा सबै पश्चिमी प्रभाव छ ।

त्यस्तै मोबाइल, गाडी सबै उतै उत्पादन हो । अनि जब अधिकार दिने कुरा आउँछ, अभियानलाई अपमान गर्नका लागि यस्तो कुरा गर्छन् । दैनिक जीवनमा सबै कुरा पश्चिमी उपभोग गर्नेहरू नै यसो गर्छन् ।

जस्तो अहिलेकै सन्दर्भहरू हेरौँ न नेपालका नारीवादी छाउपडी, दाइजोजस्ता कुप्रथाको विरोध गर्छन् । अब अमेरिका कसैले छाउपडीको कुरा गरेका थिए ? किनकि त्यहाँ त त्यसको अस्तित्व नै छैन ।

तीजको व्रतका विरुद्धमा नेपालका नारीवादी विरोध गर्छन् । के युरोपका नारीवादीले तीजको विरोध गरेका थिए ?

विगतमा नेपाल र भारतमा सतीविरुद्ध सङ्घर्ष चलेको थियो । त्यो कुरा पश्चिमी नारीवादीहरूले भोग्नै परेन । त्यस्तै विधुवा विवाह जस्ता अनेक कुरा यो क्षेत्रमा मात्र पाइने कूप्रथा हो र यही क्षेत्रका नारीवादीहरूले विरोध गरेका छन् ।

नेपालको नागरिकता विधेयकसम्बन्धी बहसमा बारम्बार ‘राष्ट्रियतालाई खतरामा पारेर लैङ्गिक समानता दिन हुँदैन’ भन्ने तर्क गरिए । बाहिरतिर पनि महिलालाई पुरुष बराबर नागरिक मानिएको त्यति देखिँदैन । महिलालाई पुरुष बराबर नागरिकताको अधिकार दिँदा राष्ट्रियता खतरामा पर्छ?

यो कस्तो राष्ट्रियता हो ? आधा जनसङ्ख्यामा जमिनमा लडाएर त्योमाथि उभिएको राष्ट्रियता बलियो हुन्छ ? त्यो राष्ट्रियता नभएर आधा राष्ट्रविरुद्ध राष्ट्रद्रोह हो ।

यो कस्तो राष्ट्रियता हो? आधा जनसङ्ख्यामा जमिनमा लडाएर त्योमाथि उभिएको राष्ट्रियता बलियो हुन्छ ? त्यो राष्ट्रियता नभएर आधा राष्ट्रविरुद्ध राष्ट्रद्रोह हो ।

*******

मलाई महिलालाई समान नागरिकताको अधिकार दिँदा राष्ट्र कमजोर भन्नेहरू राष्ट्रद्रोही लाग्छन् ।

नेपाल अथवा जुनसुकै मुलुक तब मजबुत बन्न सक्छ, जब १०० प्रतिशत नागरिकले देशप्रति अपनत्व महसुस गर्छन् ।

भारत र नेपालको राजनीतिमा हेर्नुभयो भने १० प्रतिशत हजारौँ वर्षदेखि सत्तामा छन् । उनीहरू दलितलाई अधिकार दिन चाहँदैन । आदिवासीलाई अधिकार लिन चाहँदैनन् । महिलालाई अधिकार दिन चाहँदैन । अनि त्यति थोरैलाई मात्र अपनत्व हुने राष्ट्र बनाएर कसरी देश बलियो हुन्छ ।

तपाईं विभन्न अवसरमा ‘लैङ्गिक समानता’ पदावली गलत अनुवाद भएको छ भन्नु हुन्छ । यदि उक्त पदावली गलत हो भने सही के हो?

पहिलो कुरा नेपाल, भारत र बङ्गलादेशमै पनि जेन्डर शब्दलाई अनुवाद गर्ने क्रममा त्यसको त्यसको हत्या गरिएको छ । अङ्ग्रेजीको ‘मेल’ र ‘फिमेल’को नेपाली अनुवाद ‘पुरुष’ र ‘महिला’ नभएर खासमा ‘नर’ र ‘मादा’ हो ।

‘जेन्डर’ भनेको समाजद्वारा निर्मित परिभाषा हो । जस्तो कुनै केटा छ । उसले प्यान्ट लगाउनुपर्छ भनेर समाजले निर्धारण गर्छ । केटी छ, उसको लागि सारी तोकिएको छ । केटीले कपाल लामो राख्नुपर्छ, टप लगाउनुपर्छ ।

जनै लगाउनेदेखि सम्पत्तिको स्वामित्व लिने भने केटाको हकमा लागू हुन्छ । यो भूमिकालाई जेन्डर भनिन्छ ।

नेपालीमा ‘जेन्डर’लाई लिङ्ग भन्छन् । तर स्त्री लिङ्ग र पुलिङ्जस्तो ‘सेक्स’को पछि पनि लिङ्ग जोडिएको छ । फेरि पुरुष ज्ञानेन्द्रियलाई पनि लिङ्ग नै भन्छन् ।

यसरी नेपाली लिङ्ग शब्दले सामाजिक लिङ्ग (जेन्डर), सेक्स र ज्ञानेन्द्रिय तिन कुरा जनाउँछ । नेपालीमा मात्र होइन हिन्दी र बङ्गाली भाषामा लिङ्गको तीन अर्थ हुन्छ ।

*******

‘सेक्स इक्वालिटी’ जनाउने ‘लैङ्गिक समानता’ शब्दको प्रयोग गर्नु बिलकुल गलत हो । किनकि ‘सेक्स इक्वालिटी’ त सम्भव हुने कुरा होइन । महिला र पुरुषको यौनाङ्ग अलग हुन्छ भने तीबीच ‘सेक्स इक्वालिटी’ कसरी हुन्छ?

*******

अब ‘सेक्स इक्वालिटी’ जनाउने ‘लैङ्गिक समानता’ शब्दको प्रयोग गर्नु बिलकुल गलत हो । किनकि ‘सेक्स इक्वालिटी’ त सम्भव हुने कुरा होइन । महिला र पुरुषको यौनाङ्ग अलग हुन्छ भने तीबीच ‘सेक्स इक्वालिटी’ कसरी हुन्छ ?

हामीले खोजेको ‘जेन्डर इक्वालिटी’ हो । त्यसको अर्थ हरेक रूपमा अधिकारको समनता भनेको हो । ‘जेन्डर इक्वालिटी’को नेपालीमा सही रूपान्तरण ‘सामाजिक लैङ्गिक समानता’ हुन्छ ।

तपाईंले जेन्डर इक्वालिटीको सही अनुवादमा जोड दिनुभयो । नारीवादीहरू अन्य धेरै शब्द र भाषाको प्रयोगमा पनि ध्यान दिन भन्छन् । समानतामा भाषाको के साइनो छ र?

समानताको लडाइँमा भाषा एकदम महत्त्वपूर्ण माध्यम हो । समानताको सुरुवात एकअर्कालाई गरिने सम्मानजनक सम्बोधनबाट सुरु हुन्छ ।

*******

नेपालीमा लोग्नेलाई जनाउन पति शब्द पनि प्रयोग गरिन्छ । पति भनेको त परमेश्वर हो । अब बराबर पनि भन्ने अनि एक जनालाई पति प्रयोग गर्नुहुन्छ भने त्यहाँ त भाषाबाटै असमान देखिइसक्यो ।

*******

जस्तो नेपालीमा लोग्नेलाई जनाउन पति शब्द पनि प्रयोग गरिन्छ । पति भनेको त परमेश्वर हो । अब बराबर पनि भन्ने अनि एक जनालाई पति प्रयोग गर्नुहुन्छ भने त्यहाँ त भाषाबाटै असमान देखिइसक्यो ।

भाषाले तपाईंको मानसिकता झल्काउँछ । जस्तो नेपाल र भारतमा राष्ट्राध्यक्षलाई राष्ट्रपति भनिन्छ । अब महिला राध्यध्यक्षलाई राष्ट्रपति भन्नुहुन्छ भने त्यो पदमा रहेको महिलालाई नस्वीकार्नु हो ।

भाषाको मुख्य काम सञ्चार हो तर त्यसले हाम्रो मूल्य देखाउँछ । अब भाषा बदल्न सकिँदैन भन्ने पनि छन् ।

केही वर्षअघिसम्म मोबाइल, एसएमएस, भिडियो च्याटजस्ता कैयौँ शब्द प्रयोगमा थिएनन् । तिनका लागि त तपाईंले केही समयमै आफ्नो भाषा बदल्नुभयो । अनि समानताका लागि भने किन हिचकिचाहट ? त्यसको एउटै अवरोध तपाईंभित्रको नियत हो ।

*******

केही वर्षअघिसम्म मोबाइल, एसएमएस, भिडियो च्याटजस्ता कैयौँ शब्द प्रयोगमा थिएनन् । तिनका लागि त तपाईंले केही समयमै आफ्नो भाषा बदल्नुभयो । अनि समानताका लागि भने किन हिचकिचाहट ? त्यसको एउटै अवरोध तपाईंभित्रको नियत हो ।

*******

‘जेन्डर इक्वालिटी (समाजिक लैङ्गिक समानता)’ सम्बन्धमा  के गर्नुपर्छ ?

लामो नारीवादी आन्दोलनले धेरै प्रगति गरेको छ । संविधानले महिला पुरुष समान भएको तथ्य स्वीकारेको छ । शिक्षामा महिलाको पहुँचमा उलेख्य वृद्धि भएको छ ।

तपाईंको देशको राष्ट्राध्यक्ष महिला छिन् । नेपालको संसदमा ३३ प्रतिशत संसद महिला छिन् । रोजगारी क्षेत्रमा पनि महिलाको सहभागिता वृद्धि भइरहेको छ ।

कानुनी क्रान्ति त सम्पन्न भयो । तर यो तुलनात्मक सहज कार्य हुन्छ । त्योभन्दा कठिन र लामो सङ्घर्ष सांस्कृतिक र मानसिक तहमा निरन्तर जारी राख्नुपर्छ । यसले मात्र युगौँदेखि मानिसको दिमागमा गडेको सोच बदल्छ ।

यसका लागि घरमा हामीले गर्ने कुराकानीको तरिकामा परिवर्तन गर्नुपर्छ । हामी कसरी विवाह गर्छौं, त्यसमा परिवर्तन ल्याउनुपर्छ । विद्यालयको पाठ्यक्रमदेखि मिडिया, विज्ञापनजस्ता कुरामा महिला–विरोधी कुरालाई बदल्नुपर्छ र समानतालाई प्रोत्साहित गर्नुपर्छ ।

*******

तपाईं आधुनिक हुने नाउँमा पितृसत्तात्मक व्यवहासले प्रबर्द्धन गरेका स्कर्ट, हिल लगाउनुहुन्छ भने सहज पाइन्ट लगाएको र स्पोर्ट जुत्ता लगाएको पुरुषसँग कसरी प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?

*******

लगाउने कुरामा पनि आफूलाई सहज लाग्ने कपडामा ख्याल गर्नुपर्छ । अब आजकल कैयौँ महिलाहरू हेर्दा आधुनिक लाग्छन् तर ती पितृसत्ताको शिकार भइसकेका देखिन्छन् ।

 तपाईं आधुनिक हुने नाउँमा पितृसत्तात्मक व्यवहासले प्रबर्द्धन गरेका स्कर्ट, हिल लगाउनुहुन्छ भने सहज पाइन्ट लगाएको र स्पोर्ट जुत्ता लगाएको पुरुषसँग कसरी प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?

तर महिलाले लगाउने कपडामा टिप्पणी गरिनु हुन्न, महिलाले आफ्नो मन परेको पहिरन लगाउन पाउनु नारीवादभित्र पर्छ भन्छन् नि !

म त्यसलाई मान्दिनँ । यदि हामी पुरुषसँग जोडिएका हरेक कुरामा टिप्पणी गरिरहेका हुन्छौँ भने महिलामाथि असहजता ल्याउने कुराबारे टिप्पणी गर्न नपाउने ?

हामी हरेक कुरामा टिप्पणी गरिरहेका छौँ भने यहाँ महिलाले लगाउने पहिरनमा टिप्पणी किन हुन नहुने ?

हिल जुत्ता विसुद्ध पितृसत्तात्मक पहिरन हो । त्यसले महिलालाई पुरुष बराबर छरितो हुनबाट रोक्छ । यस्तो पहिरन अरू नि छन् । सौन्दर्य सामग्री पनि महिलामाथि थोपरिएको त्यस्तै पितृसत्तात्मक सामग्री हो भनेर हामीले माथि नै भनिसक्यौँ । यिनको उपयोगिता त म केही देख्दिनँ बरु उल्टो तिनका केमिकलले छालामा असर गर्छ ।

सशक्तीकरणको कुरा गर्ने हो भने नारीवादीहरूले आफ्नो पहिरनको इतिहास पनि ख्याल गर्नुपर्छ । छनौट पितृसत्तात्मक छ या समानतामुखी छ भन्ने ख्याल गर्नुपर्छ ।

तपाईंले धेरै ठाउँमा महिला अधिकारका लागि पुँजीवाद शत्रु भएको बताउँदै आउनुभएको छ । तर सतहमा त पुँजीवाद अघिको सामन्तकालीन अवधिको तुलनामा महिलामाथिको उत्पीडन निक्कै कम भएको छ नि । अझ पुँजीवादले मलाई घरको बन्धनबाट निकाले र आत्मनिर्भर हुने रोजगारीको अवसर दिएको  पनि त छ!

तर तथ्याङ्कले त त्यस्तो देखाउँदैन । सुरुको चरणमा महिलाको रोजगारी बढाएको हो तर अहिले त्यो घट्न थालेको छ ।

नेपाल र भारतमा पहिले कृषिमा ठूलो सङ्ख्यामा महिलको सहभागिता हुन्थ्यो । तर जबदेखि कृषिमा पुँजीवाद पस्यो महिलाको सहभागिता ह्वात्तै घट्यो । किनकि पुँजीवाद त मेसिनको काँधमा चढेर आउँछ । अनि त्यसलै एकै झट्कामा कैयौँको काम खोसिदिन्छ ।

एक समय भारतको रोजगार क्षेत्रमा ३७ प्रतिशत महिला थिए । पछिल्लो पाँच वर्षमा त्यो घटेर २५ प्रतिशत भइसकेको छ । विगतमा हातबाट बुनिने र गार्मेन्ट उद्योगमा बन्ने कपडा चीनका ठूला उद्योगबाट आउन थाल्यो । यताका महिलाको रोजगारी गुम्यो ।

त्योबाहेक महिला समानताविरुद्ध पुँजीवाद र पितृसत्ताबीचमा गठबन्धन छ । पाँच क्षेत्रमा  पुँजीवादले स्पष्ट रूपमा महिला समानतामा अवरोध ल्याइरहेको छ । 

पहिलो पोर्नोग्राफी (वयस्क फिल्म) उद्योग । अर्बौं डलरको यो व्यवसायले महिलालाई पुरुषको यौन चाहना पूरा गर्ने साधनभन्दा बढी ठान्दैन ।  पैसाका लागि महिलालाई अवमूल्यन गर्ने यो व्यवसाय चलिरहेको छ ।

सौन्दर्य उद्योग अर्को अर्बौं डलरको उद्योग हो । यो पूर्ण पितृसत्तात्मक व्यवसाय हो । यसले महिलाको चाहना, संवेदना, प्रतिभा सबैलाई नगन्य मान्छ र शरीर तथा रूपलाई नै सबथोक जसरी प्रस्तुत गर्छ । 

सौन्दर्य उद्योगले महिलाको चाहना, संवेदना, प्रतिभा सबैलाई नगन्य मान्छ र शरीर तथा रूपलाई नै सबथोक जसरी प्रस्तुत गर्छ ।

*******

पितृसत्ताले सङ्कुचित गरेको लैङ्गिक भूमिकालाई प्रबर्द्धन गर्ने अर्को पितृसत्तात्मक–पुँजीवादी गठबन्धन क्षेत्र खेलौना उद्योग हो । यो क्षेत्र साना बालबालिकामा समेत फरक फरक खेलौनामा जोड दिन्छ । बच्चीका लागि बार्बी डल र बच्चाका लागि बन्दुकबाला खेलौना, सुपरम्यानजस्ता ‘म्यास्कुलन’ खेलौनामा ऊ लागिपरेको छ ।

अर्को मूलधार फिल्महरूको पनि नारीवादी उद्देश्यमा सकारात्मक भूमिका छैन । फिल्महरू आफ्ना नायकलाई पितृसत्ताले निर्धारण गरेकै पुरुष भूमिकालाई आकर्षक देखाएर प्रस्तुत गर्न तल्लीन छ । त्यस्तै महिलालाई ‘सब्मिसिभ’ र सौन्दर्यमा जोड दिएर प्रस्तुत गरिन्छ ।

*******

मिडिया समाजका स्थापित परम्परालाई प्रश्न गर्न डराउँछ । ऊ पुरातन कुराकै प्रबर्द्धन गरेर विज्ञापन हासिल गर्ने ध्याउन्नमा देखिन्छ ।

*******

अनि मिडिया पनि यही वर्गमा पर्छ । मिडिया समाजका स्थापित परम्परालाई प्रश्न गर्न डराउँछ । ऊ पुरातन कुराकै प्रबर्द्धन गरेर विज्ञापन हासिल गर्ने ध्याउन्नमा देखिन्छ ।

हुन त फाट्टफुट्ट नारीवादी वा समानताका कुरा नदिने होइन । तर उसले के गर्छ भने नारीवादी अन्तरवार्ताको छेउमा महिलाको अङ्ग प्रोभोकिङ रूपमा देखाइएको विज्ञापन राखिदिएको हुन्छ ।

हामीले यो पाँच ठूला क्षेत्रको शक्ति देखेका छौँ । हामीले उठाएको विचारले तिनको विरासतलाई असर पर्ने डरमा ती हामीलाई नकारात्मक रूपमा देखाउँछन् । यसो गरिसकेपछि त मानिसले हाम्रा कुरालाई गम्भीरता लिँदैनन् भन्ने तिनको उद्देश्य देखिन्छ ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...