शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा मस्जिदमा बम विस्फोट, ६२ जनाको मृत्यु

शुक्रबार, ०१ कात्तिक २०७६, २३ : ०६
शुक्रबार, ०१ कात्तिक २०७६

जलालावाद- अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा ६२  जनाको मृत्यु भएको छ ।  मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयौं घाइते भएको अधिकारीहरूले जनाएका छन् । 

मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।  संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटनको यो ठूलो घटना भएको हो ।   

प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् । अस्पतालका एक चिकित्सकले झण्डै ३२ शव ल्याइएको र अन्य ५० भन्दा बढी घाइते भएको बताएका छन् । 

देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले एएफपीलाई बताए ।

उनले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिए ।
  
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् ।  एएफपी/Photo: telanganatoday.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप