बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन युरोप संयोजकमा आचार्य, उपसंयोजकमा तिमल्सिनासहित तीन जना निर्वाचित

शुक्रबार, ०१ कात्तिक २०७६, २२ : ४०
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबाट युरोप क्षेत्रीय संयोजकमा नारायण प्रसाद आचार्य विजयी भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न एनआरएनको निर्वाचनबाट उनी अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । उनले २७४ मतसहित विजय हाँसिल गरे । 

यसैगरी निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार भट्टराईले २७१ मत ल्याए । भट्टराई जम्मा तीन भोटले मात्र पराजित भएका हुन् । यस्तै संयोजकका अर्का प्रत्यासी गंगाधर गौतमले ११२ तथा पदम गुरुङले १९४ मत ल्याए । 

यसैगरी युरोप क्षेत्रीय उपसंयोजक पदमा कृष्ण प्रसाद तिमल्सिना ३५७ मतसहित विजयी भए । हाल बेलायतमा व्यवसाय गर्दै आएका धादिङ धुँवाकोटका उनी युरोप क्षेत्रमा समाजसेवीका रुपमा पनि चिनिन्छन् । 

यसैगरी उपसंयोजक पदमै मुक्तबहादुर गुरुङले ३६९, शुक्रराज न्यौपानेले २८३ मत ल्याउँदै विजय हासिल गरे । ३ जना चयन हुने उपसंयोजक पदमा ७ जनाको उम्मेदवारी परेकोमा सुरेन्द्र प्रधान (२०१) नवराज रोस्यारा (२६९), कुमार पण्डित (२७६) र बालकृष्ण श्रेष्ठ २०७ मत ल्याउँदै पराजित भए । 

यसैगरी युरोप महिला संयोजकमा कुमारी योगिता थापा र युवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप