शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा १९ किलोबढी चाँदीसहित एकजना सशस्त्र प्रहरीको फन्दामा

शुक्रबार, ०१ कात्तिक २०७६, २१ : १०
शुक्रबार, ०१ कात्तिक २०७६

रौतहट । रौतहटको सिमाना संगै जोडिएको बारा जिल्लामा १९ किलो भन्दा बढी अबैध चाँदीसहित एक जना तस्कर सशस्त्र प्रहरीको फन्दामा परेका छन् ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा  शुक्रवार १९ किलो १०० ग्राम चाँदी सहित बाराको बारा गढीगाउँपालिका घर भएका मुक्ति साह बारास्थित सशस्त्र प्रहरीको फन्दामा परेका छन् । 
भारतबाट भारतीय बीआर ०६ एम १०६० नम्बरको मोटरसाइकलमा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा  उक्त मरिमाणको चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागन्जका सशस्त्र प्रहरी निरीक्षक कबिर मलको कमान्डमा खटेको टोलीले सतुआहीटोल नजिकै चेकजाँच गर्ने क्रममा साहलाई उक्त चाँदी सहित पक्राउ गरेको हो ।

बरामद भएको चाँदीको मुल्य करिव १४ लाख रुपैया बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । 
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय कलैया र बरामद  चाँदी र मोटरसाइकल आवश्यक कार्यवाहीको लागि बिरगञ्ज भन्सार कार्यालय चलान गरिएको बताईएको सशस्त्र प्रहरी बाराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप