शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसिया आइसीसी परिषद्का सदस्य टमटा होटल हायतबाट पक्राउ

शुक्रबार, ०१ कात्तिक २०७६, १९ : ४२
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौँ– काँग्रेस निकट गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया आइसीसी परिषद्का सदस्य टेक टमटा पक्राउ परेका छन् । एनआरएनएको नवौँ महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेका बेला टमटा होटेल हायातबाट पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रमेश बहादुर सिंहले  एक महिलाको उजुरीको आधारमा टमटालाई पक्राउ परेको पुष्टि गरे ।   जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रअनुसार महानगरी प्रहरी परिसर ललितपुरले टमटालाई पक्राउ गरि बुझाउन भनि पठाएको पत्रअनुसार पक्राउ गरिएको हो । 

महिलाले के विषयमा उजुरी गरेकी आफूलाई थाहा नभएको डीएसपी सिंहले बताए । उनलाई नियन्त्रणमा लिएर बौद्ध प्रहरीले ललितपुर प्रहरीलाई बुझाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप