शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा अन्तर्राष्ट्रिय व्यापारिक महोत्सव सुरु, १८ तस्बिरमा हेरौं

शुक्रबार, ०१ कात्तिक २०७६, १९ : ३८
शुक्रबार, ०१ कात्तिक २०७६

जनकपुर– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बृहत व्यापारिक मेला जनकपुर महोत्सव २०७६ आजदेखि विधिवतरुपमा आरम्भ भएको छ । आजदेखि सुरु भएको  महोत्सवको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुनु गौरवको विषय भएको बताए ।  उनले भने– ‘देश विदेशबाट आउनुभएका व्यापारी तथा व्यवसायीलाई स्वागत गर्दै यस प्रदेशको व्यापारिक एवं व्यवसायिक अवलोकनसँगै व्यवसाय गर्न आग्रह गर्दछु ।’

सिया इभेन्ट एण्ड एशोसिएट प्रालिको आयोजनामा आजदेखि ५ दिनसम्म महोत्सवको अवलोकन गर्दै मुख्यमन्त्री राउतले स्थानीय व्यापारी तथा व्यवसायीहरुले विदेशी व्यापारीहरुसँग समन्वय र सहकार्य गरेमा व्यापारिक लगानीबारे नयाँ कुराहरु सिक्न सकिने दाबी गरे । महोत्सवमा नेपाल, भारत, पाकिस्तान, चीन र बंगलादेशका व्यवसायीहरुको सहभागिता रहेको छ ।

जनकपुरको तिरहुतिया गाछीमा आयोजना भएको यस महोत्सवको व्यापारिक मेलामा ७५ भन्दा बढी स्टल रहेको आयोजक दिलिपकुमार झाले जानकारी दिए । भारत, पाकिस्तान र बंगलादेशबाट आइपुगेका व्यापारी तथा व्यवासायीहरुले गारमेन्ट्स, छालाबाट उत्पादित सामाग्री, लुगा कपडाहरुको विभिन्न पोशाकहरुको भव्यरुपमा प्रदर्शनीमा राखिएको छ ।

महोत्सवमा १ लाखभन्दा बढी उपभोक्तालाई अवलोकन गराउने उद्देश्य रहेको सिया इभेन्टका प्रतिनिधि दिलिपकुमार झाले बताए । महोत्सवमा गारमेन्टस, छाला (लेदर) को उत्पादित सामाग्री, किचेन, वेयर, होम एप्लायन्स, अटो मोबाइल्स, हेल्थ फिटनेश, कन्स्ट्रक्सन र बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप