शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा भएका छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

शुक्रबार, ०१ कात्तिक २०७६, १९ : १९
शुक्रबार, ०१ कात्तिक २०७६

बुटवल – पाल्पामा आज भएका  छुट्टा छुटै घटनामा २ जनाको मृत्यु भएको छ । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा घास काट्ने क्रममा रुख बाट लडेर ३५ बर्षिय कमला पहराईको मृत्यु भएको छ ।
रुखबाट लडेर घाइते भएकी पहराईको उपचारको लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी तानसेन नगरपालिका वडा नंं ४ मा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका वडा नंं १ का ४५ बर्षिय हर्क बहादुर कुमालको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

रोहित कुमार रामदासको घर बनाउने क्रममा लेवर काम गर्दै आएका कुमाल पुरिएका थिए । ढिस्कोले पुरिएका कुमालको प्रहरी जिवितै उद्दार गरेपनि युनाइटेड मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप