मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फुटसल टोलीको विदाई

शुक्रबार, ०१ कात्तिक २०७६, १८ : ५०
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– इरानमा अक्टोबर २३ देखि २५ तारिखसम्म आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगितामा भाग लिने नेपाली टोलीको शुक्रबार विदाई गरिएको छ । सेन्ट्रल र साउथ जोन अन्र्तगत छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोबर २३ मा खेल्नेछ । २४ अक्टोबरमा उज्वेकिस्तान र २५ अक्टोबरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउँनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले यसअघिनै १४ सदस्यीय फुटसल समितिको घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेत रहेका छन् । टोलीको कप्तानमा विजय गुरुङ रहेका छन् । नेपाली टोली आइतबार इरान जानेछ ।

फुटसल टोली   
आदिल हामिद, आषिश लामा, अभय राना, अनिश श्रेष्ठ, अरुज सिंह, विजय गुरुङ, विजय श्रेष्ठ, विनोद गुरुङ, मणि लामा, निर्मल गुरुङ, सन्जोक चाम्लिङ राई, सरोज तामाङ, सुमित आले र सुरज गुरुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप