बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकले कात्तिक १ गते मनायो रजत जयन्ती

शुक्रबार, ०१ कात्तिक २०७६, १८ : २५
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा आज लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो । 

१ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकोत्सव मनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप