बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

देउसी र भैलो गीत ‘मखमली फुल्यो’ सार्वजनिक

शुक्रबार, ०१ कात्तिक २०७६, १८ : ०६
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– तिहार नजिकिदै गर्दा देउसी र भैलो सम्बन्धी बिभिन्न गीतहरु सार्वजनिक हुन थालेका छन् । यस्तैमा देउसी भैलो गीत ‘मखमली फुल्यो’ सार्वजनिक भएको छ ।  बालगायक गायिका दिप्सी भट्ट र प्रिन्स सिलवालको स्वर रहेको गीत लोकशैलीमा तयार भएको छ । पछिल्लो समय अष्ट्रेलियामा रहदै आएका यी गायक गायिकाको गीत भिडियो पनि उतै निर्माण भएको छ । 

देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियोमा मादल, खैजेडुको अलवा नेपाली कल्चरल ड्रेसमा गायक गायिका लगायत प्रस्तुत भएका छन् ।  जीवन कार्कीको शब्द रहेको गीतमा रमेश पाठकले संगीत भरेका छन् । भिडियो गायिका दिप्सीका बुबा दीपेन्द्र भट्टले नै निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप