बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको दोस्रो जित

शुक्रबार, ०१ कात्तिक २०७६, १७ : २०
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा सुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो । ९५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाईन् ।

ज्योती पाण्डेले २२, अस्मीना कर्मचार्यले १६ र डली भट्टले १२ बनाए । पोखराका लागि सिता मगरले दुई र अनुराधा चौधरीले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा पाँच विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।

पोखराको लागि कविता कुवरले सर्वाधिक २२ रन बनाइन् । सिता राना मगर १६, अन्जली चन्दले १५, रेवती धामीले १२ र सरस्वती मगरले अविजित १० रन बनाइन् । विराटनगरकी सवनम राइले दुई विकेट लिइन् । सोनु खड्काले एक विकेट लिइन् । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो ।

यसैगरी अर्को खेलमा चितवन राईनोजले ललितपुर फाल्कोन्सलाई ८९ रनले हराएको छ  चितवनको पनि यो लागातार दोस्रो जित हो । चितवनले दिएको एक ३६ रनको लक्ष्य पछ्याएको ललितपुर १७.१ ओभरमा सवै विकेट गुमाएर ४६ रनमा समेटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप