बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनको रणनीति तय गर्न काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

शुक्रबार, ०१ कात्तिक २०७६, १६ : ३४
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । कार्तिक ७ गतेका दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार सो बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका सम्बन्धमा छलफल हुने छ । यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि ७ गतेको बैठक उपनिर्वाचनमै केन्द्रित हुने बताए । 

उनले भने, ‘७ गते बस्ने बैठक उपनिर्वाचनमा मात्रै केन्द्रित हुन्छ । उपनिर्वाचनको चुनावी तयारी, प्रचार समिति, उम्मेद्वारको छनोट, चुनावी रणनीति र नाराका कुरामा छलफल हुन्छ ।’

यसअघि सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२ मा उपनिर्वाचन हुँदैछ । 

त्यस्तै प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र–१, बागलुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र– २ र दाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा उपनिर्वाचन हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप