शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फूलैफूलको मौसम तिमीलाई...

शुक्रबार, ०१ कात्तिक २०७६, १६ : १५
शुक्रबार, ०१ कात्तिक २०७६

‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा शुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गरेको हो ।

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

 ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहने पनि एशोसिएशनले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

प्रर्दशनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिनेछ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको पनि एशोसिएशनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप