शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंक लिमिटेडको शाखा अब काठमाडौंको काँडाघारीमा

शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ३४
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– सिभिल बैंकले काठमाडौंको काँडाघारी(पेप्सीकोला)मा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्त रुपमा गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको शाखाले थप उर्जा प्रदान गर्ने बताए । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए । 

सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गरे । 

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजारको चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप