शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल

शुक्रबार, ०१ कात्तिक २०७६, १४ : ३८
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले शुक्रबार एक समारोहका बीच पदबहाली गरेका छन् । उनलाई कार्तिक १ गतेबाट लागु हुने गरी चार वर्षका लागि सो पदमा नियुक्त गरिएको राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ ।

अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैङ्किङ्ग तथा पूँजीबजारमा १५ वर्षभन्दा बढिको अनुभव रहेका प्याकुरेल यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।

राष्ट्रिय वाणिज्य बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका संचालक केशवप्रसाद लम्सालले प्याकुरेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।

हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैङ्कको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि लिन सकिन्छ । यो सुविधासँगै दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बैङ्किङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले बताए ।

आरबीबी मर्चेन्ट बैङ्किङ्गको हाल २० करोड चुक्तापुँजी छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, मूख्य प्रबन्धक एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप