बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध एयर काउन्टर तोडफोड प्रकरण : सांसद साहको थुनछेक बहस सुरु

शुक्रबार, ०१ कात्तिक २०७६, १३ : ०३
शुक्रबार, ०१ कात्तिक २०७६

जनकपुर । जनकपुर विमानस्थलमा भएको तोडफोड घटनाका आरोपी सांसद प्रमोदकुमार साहको मुद्दाको जिल्ला अदालत धनुषामा थुनछेक बहस सुरु भएको छ ।

जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको थुनछेक बहस सुरु भएको हो ।

जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो । हिजो जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आजदेखि थुनछेक बहस सुरु भएको छ ।

यस्तो छ प्रहरी प्रतिवेदन

सन्तोष ढकालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रमोद साह भएको गैरसैनिक हवाइ उठान ऐन अन्र्तगत कसुर अपराध मुघामा २०७६।०६।२७ गते माननिय प्रमोद साहले जहाज ढिलो आएकोमा कारण जनकपुर विमान स्थालको टर्मिनल भवन भित्र होहल्ला गरेर भिआइपी कक्षा र बुद्ध एयरको टिकट काउण्टरसमेतमा तोडफोड गरेर क्षति पुर्याइएको घटना स्थलबाट खिचिएको फोटो र सोही घटनाबारे विभिन्न पत्र पत्रिकाहरुमा छापिएको पत्रिका कटीङ गरि प्रतिवेदन साथ पेश गरेको छु ।

कानुन बमोजिम होस भन्ने समेत व्यहोरोको प्रनि उमाशंकर प्रसाह शाहको प्रतिवेदन

घटनाको विवरण कागज

२०७६।०६।२७ गते अन्दाजी १३ः२५ बजेको समयमा बुद्ध एयरको काउण्टरमा नै थिए । विमानको भिआइपी कक्षामा माननीय प्रमोद साह एक जना बिरामी लिइ बस्नुभएको र माननीय प्रमोद साहले बिरामी जचाउनको लागि बुद्ध एयरको टिकट काट्नु भएको थियो । उक्त दिन बुद्ध एयरको टिकट लिएका प्रमोद साह जहाज किन आएन बिरामी चजाउन ढिलो भयो भनी बुद्ध एयरको काउण्टरमा आइ कर्मचारीहरुलाई गाली गरि काउण्टरमा जडान रहेको तारहरु समेत चुडाउनु भएको । जहाज ढिलो आएको कारण निज माननीय प्रमोद साह रिस आवेशमा आइ सीसा तथा तारसमेत चुडाउनु भएको हो भन्ने व्यहोराको अशोककुमार माझी र सन्दीप खवासले दिएको विवरण कागज ।

अभियोग दाविसँग सम्बन्धित कानुनी व्यवस्था गैर सैनिक हवाई उडान ऐन २०१५को दफा ९ क अपराध र दण्ड सजहाय १ देहाय बमोजिमका कुनै कार्यहरु गरेमा देहाय बमोजिम अपराधक मानिने छ ।

 हवाई यातायातासँग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराधः हवाई उडान कार्यसँग सम्बन्धित कुनैपनि कर्मचारी, विमान स्थलमा कार्यरत सरकारी वा गैर सरकारी कर्मचारी, हवाई यात्रु लगायत विमानस्थलमा आगन्तुक कुनैपनि व्यक्तिलाई हात हतियार लिइ वा नलिई डर धम्की ,प्रलोभन वा अरु कुनै तरिका अपनाइ अपहरण गरी वा कब्जामा लिइ आफनो कर्तव्यबाट विचलित पारी वा अन्य कुनै किसिमबाट हवाई उडान सञ्चालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरेमा हवाई यातायातासंग सम्बन्धीत व्यक्तिको सुरक्षाविरुद्धको अपराध गरेको मानिने छ । खण्ड छ बमोजिम अपराध गर्नेलाई पाँच वर्ष देखि दश वर्ष सम्म कैद हुनेछ ।

 प्रहरीले पेश गरेको सबुत प्रमाणहरु २०७६।०६।२७ गतेको घटना स्थल प्रकृति मुचुल्का पाना ३ सिसि फुटेजको भिडियो राखेको सिडी चक्का राखिएको खामबन्दी थान १ , २७ गतेको जाहेरी दरखास्त पाना १, सोही गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र पाना १, विभिन्न न्युजहरुको कम्प्युटर प्रिन्ट गरिएको कागजातहरु पेस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप