बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोदावरी फूल व्यवसायका बेताज बादशाह

फूलहरुसँग रमाउनुको मजा नै बेग्लैः तीर्थबहादुर महर्जन
शुक्रबार, ०१ कात्तिक २०७६, ०८ : १७
शुक्रबार, ०१ कात्तिक २०७६

हरेक वर्ष उपत्यकामा फूलको मेला लाग्ने गर्छ । विशेष गरेर दशैंको लगत्तै र तिहारको पूर्वसन्ध्यामा लाग्ने उक्त पुष्प मेलामा विशेष गरी यस सिजनमा फुल्ने गोदावारी, मखमली र सयपत्री फूलको प्रदर्शन, विक्री वितरण र प्रतियोगितात्मक प्रतिस्पर्धा हुने गर्छ । र, रमाइलो कुरा के छ भने सो मेलामा प्रायशः प्रथम हुनेको सूचीमा सम्झना नर्सरीको नाम आइहाल्छ ।

सदाझैं यस पटक पनि आज कात्तिक १ गतेदेखि नै पुष्पमेला शुरु हुँदैछ । जावलाखेलको खेल मैदानमा आयोजना हुने उक्त पुष्पमेलामा यस पटक पनि सम्झना नर्सरी सहभागी हुँदैछ । उत्कृष्टताको पर्याय बनिसकेको र गोदावरी फूल व्यवसायका बेताज बादशाह जस्तै बनिसकेको सम्झना नर्सरीमा आउनुहोस् हामी पनि अक्षरको माध्यमबाट घुमौं, यस व्यवसायमा जीवन खपाएका, सम्झना नर्सरीका जन्मदाता तीर्थबहादुरका अनुभव र अनुभूतिका कुराहरु सुनौं र साथसाथै उहाँबाट गोदावरी फूलका बारेमा केही जानकारी पनि हासिल गर्ने कोशिश गरौं ।

सिजन लाग्यो, भइरहेछ भ्याइनभ्याइ !

ढकमक फुलिरहेको फूलैफूलको बगैँचामा बिहिबार दिउँसो चार बजे फूलहरुको गोडमेल गर्न व्यस्त थिए तीर्थबहादुर महर्जन । उपत्यकाका प्रायः सबै मानिस धुवाधुलोबाट वाक्कदिक्क छन् यही धुवाधुलोको बीचमा नार्गाजुन नगरपालिका वार्ड नम्बर ४ स्थित सम्झना नर्सरीमा पुग्दा धुवाधुलो र सवारीसाधनको घ्वारघुर आवाज अनि कोलाहलमय बाताबरणबाट मुक्त भएको आभास हुन्छ फूलैफूलको बगैँचामा पुग्ने जोकोहीलाई पनि ।

नार्गाजुन नगरपालिका वार्ड नम्बर ४ स्थित सम्झना नर्सरीमा पुग्दा धुवाधुलो र सवारीसाधनको घ्वारघुर आवाज अनि कोलाहलमय बाताबरणबाट मुक्त भएको आभास हुन्छ फूलैफूलको बगैँचामा पुग्ने जोकोहीलाई पनि ।

विभिन्न जातका फूलैफूलले ढकमक्क आधा बगैँचा अनि थरिथरिका हरिया फूलहरुको बेर्नाले भरिएको बगैँचा हेर्दै काम गर्दा मन नै आनन्दित हुने फूल व्यवसायी महर्जनले बताए । अरु बेला भन्दा तिहार नजिकिँदै गर्दा फूलहरुको गोडमेल र बेचबिखन धेरै हुने भएकाले नर्सरीमा काम गर्ने ९ जनालाई भ्याइनभ्याइ हुने गर्छ । तिहारमा गोदावारी, मखमली र सयपत्री फूलहरुको माग अत्याधिक हुने भएकाले मर्हजनको सम्झना नर्सरीमा फूल किन्न आउनेहरुको भिड लाग्ने गर्छ ।

फरक उत्पादन कला : प्रायः सधैं उत्कृष्ट

तिहार नजिकीएसँगै माला बनाउन प्रयोग गरिने गोदावारी, मखमली, र सयपत्री फूलहरु बाहेक अन्य विविध कार्यमा प्रयोग गरिने फलहरुको माग बढिहुनुको कारण आफ्नो फूल उपत्पादन गर्ने कला अरुको भन्दा फरक भएको उनले जिकीर गरे । महर्जनले जिकीर  गरे जस्तै वर्षेनी तिहार अगावै आयोजना गरिने पुष्प मेलामा प्रायः उनकै सम्झाना नर्सरी उत्कृट ठहरिन्छ । विगत १२ वर्षदेखि फ\लोरिकल्चर एशोसिएसन नेपालले तिहारको अवसर पारेर आयोजना गर्दै आएको पुष्प मेलामा ११ वर्षसम्म लगातार गोदावारी फूलमा उत्कृष्ट ठहरिएर मर्हजनको नर्सरी पु/स्कृत भएका छन् ।

तिर्थबहादुरका अनुसार पुष्पमेलामा गोदावारी फूलमा ९ पटकसम्म प्रथम भइसकेका छन् भने २ पटक दोस्रो र १ पटक त्रेस्रो स्थान हात पार्न सफल भएका छन् । पुष्प मेलामा प्रत्येक वर्ष गोदावारी फूलबाट पुरस्कृत हुनुको रहस्य आफ्नो र सहकर्मीहरुको कडा परिश्रम भएको उनी बताउँछन् । पुष्प मेलाको स्टलमा बिक्रीवितरणका लागि नर्सरीमा छुटै गोदावारीको बिरुवा लगाउने गरेको रहस्य समेत उनले खोले ।

गोदावरी राम्रो फुलाउने यी काइदा

 ६ वर्षसम्म अरुको नर्सरीमा काम  गरिसकेका उनले ३३ वर्ष अगाडिदेखि सम्झाना नर्सरी सुरुवात गरेका हुन् । विभिन्न जातका मौसमी तथा अन्य फूलहरुको बिउ राख्ने, हुर्काउने बढाउने अनि बिक्री गर्ने लामो अनुभवले खारिएका मर्हजनले अन्य नर्सरीमा उत्पादन गरिने गोदावरी फूलहरुको तुलनामा राम्रो उत्पादन गर्दै आएका छन् । ‘मुख्य त स्वस्थ विरुवा रोपेको खण्डमा स्वस्थ फूल फुल्छ ।’ उनले भने, ‘फुल लगाउने ठाउमाँ घाम लाग्ने, ओझेल पनि पर्ने हुनुपर्छ ।’

‘गोदावारी फूलको बिरुवा माघ महिनामा लगाउदा राम्रो उत्पादन हँदैन, त्यस समयमा लगाएको बिरुवाको बोट हाँगा ठूलो हुने हुँदा फूल धेरै र राम्रो नफल्दैन, गोदावारी फूलको बिरुवालाई जेठ महिनाभरिमा घाम पर्ने र पारिलो हुने स्थानमा लगाउनुपर्छ, त्यस बोट बढ्दै गए पछाडि कटिङ गर्दै जानुपर्छ ’

गोदावारी फूल घाम नपर्ने ठाउँमा लगाएमा फूलका बिरुवा सप्रिन सक्दैँन । त्यसैले उचित ठाउँको चयन र समय समयमा पानी, मल र गोडमेलको राम्रो प्रवन्ध गर्न सकेमा गोदावरी फूलको बोट सप्रिनुसँगै फूलहरु स्वस्थ हुने मर्हजनको भनाइ छ । ‘गोदावारी फूलको बिरुवा माघ महिनामा लगाउदा राम्रो उत्पादन हँदैन, त्यस समयमा लगाएको बिरुवाको बोट हाँगा ठूलो हुने हुँदा फूल धेरै र राम्रो नफल्दैन, गोदावारी फूलको बिरुवालाई जेठ महिनाभरिमा घाम पर्ने र पारिलो हुने स्थानमा लगाउनुपर्छ, त्यस बोट बढ्दै गए पछाडि कटिङ गर्दै जानुपर्छ ’ उनको सझुाव छ ।

महर्जनका अनुसार, जेठमा गोदावारी फूलको बोट बढ्दै जादाँ ३ वटा हाँगालाई कटिङ गरिदिँदा ९ वटा हाँगा हुन्छ भने फेरि अर्को पटक २७ वटा हाँगा हुन्छ । त्यसपछि २७ वटा हाँगालाई कटिङ गर्दा ८१ वटा हाँगामा हुन्छ । यसरी क्रमशः गोदावारी फूलको हाँगा बढेसँगै काट्दै जानुपर्ने उनले बताए । बोटमा फूल फूल्न सुरु गरेपछाडि हाँगा काट्न छाड्नुपर्ने पर्छ । कटिङ गरेर बढेका हाँगाहरुमा स्वस्थ खालको फूलहरुको उत्पादन हुन्छ ।

पछिल्लो समयमा फूलहरुको नर्सरीको संख्यामा वृद्धि भएपनि सीप र प्रविधिको कमीका कारण धेरै मौसमी तथा अन्य फूलहरु उत्पादन गरेर व्यवसायिक तरिकाले अगाडि जान समस्या भएको उनले बताए । २ रोपनी क्षेत्रफलमा मर्हजनको फूलैफूलको नर्सरीमा गोदावरी फूलले ढकमक्क छ । गोदावारी फूल फक्रिएदेखि एक महिनासम्म फूल स्वस्थ रहने उनले बताए ।

लगानीले मात्र हुँदैन, चाहिन्छ ज्ञान पनि !

 

विदेशमा तापक्रम मिलाएर उत्कृष्ट खालका फूलहरुको उत्पादन गर्ने गरिन्छ । तर नेपालमा मौसमको भर परेर नर्सरीमा काम गर्नुपर्ने हुँदा अपेक्षाकृत उत्पादन नहुने र समस्या भने झेल्नु परेको छ

दुई रोपनी क्षेत्रफलमा भाडाको जग्गामा उनको नर्सरी फैलिएको छ । वार्षिक रुपमा रुपमा २ लाख भाडा तिर्ने उनले फूलमा लगानी मात्रै गरेर नहुने बरु फूल उत्पादन गर्ने ज्ञान पनि चाहिने बताउँछन् महर्जन । उनका अनुसार, विदेशमा तापक्रम मिलाएर उत्कृष्ट खालका फूलहरुको उत्पादन गर्ने गरिन्छ । तर नेपालमा मौसमको भर परेर नर्सरीमा काम गर्नुपर्ने हुँदा अपेक्षाकृत उत्पादन नहुने र  समस्या भने झेल्नु परेको छ । महर्जन भन्छन्, ‘पुष्प व्यवसायको क्षेत्रमा सिर्जना भएका नयाँ प्रविधिको प्रयोग गर्न यहाँ गर्न पाइदैन ।’

तिहारको बेलामा सयपत्री, मखमली र गोदावारी फुलहरुको बढी मात्रमा माग भएपनि मर्हजनले भने ठाउँको अभावमा मखमली र सयपत्री फूल उत्पादनमा समय दिन नसकेको उनले बताए । गोदावारीे फूल बजारको माग अनुसार उत्पादन गर्न नसकेको कारण उनले ‘होलसेल’मा बिक्री वितरण गर्न छाडेका छन् ।

हाइब्रिड बीउले सजिलो

नर्सरी स्थापनाकालमा स्थानीय फूलका बिउविजनबाट बिरुवा उमार्ने मर्हजनलाई आजकल भने हाइब्रिड बिउका कारण सहज भएको छ । ३३ वर्ष पहिला सम्झना नर्सरी स्थापना गर्दा मौसमी, कम प्रजातीका फूलका बिउ र र्बेनाबाट सुरुवात गरेको सम्झदैँ ‘अहिले मौसम अनुकूलका स्थानीय प्रजातिका फूल उत्पादन गर्न गाह्रो हुनुका साथै ठूलो लगानीको आवश्यकता पर्ने’ उनी बताउँछन् । ‘फूलको व्यवसाय सधैं एकनासको हँुदैन, पुस माघको महिनामा चिसोको कारण फूल हुर्कदैन, अनि व्यवसाय ठप्प हुन्छ । असार र साउनमा पानी धेरै पर्ने हुँदा फूलको उत्पादन र व्यापार कम, शन्य जस्तै हुन्छ । मुख्य फूल बेच्ने मौसम भनेको भदौँ, असोज, कार्तिक, मङसिर हो’ उनले आफ्ना अनुभव बताए ।

सरकारले अन्य कृषि पेशा गर्नेलाई मल बिउबिजनको सुविधा दिएपनि फूल उत्पादन गर्ने नर्सरीलाई सुविधा नदिएको उनको गुनासो छ । २०७२ सालमा गएको भुकम्पले नर्सरीमा क्षती पु¥याएपनि त्यसको क्षतिपूर्ति भने उनले पाएका छैन । भुकम्पले क्षति पु¥याएरअनुसार आर्थिक तथा नर्सरीका सामग्री दिने भनेर फर्म भरेपनि पाएका छैनन् । नर्सरी उत्पादन गरिने बिरुवा र बिउ तथा फूलहरुमा रोग लागेको खण्डमा सरकारले सहयोग गर्छ भन्ने सुने पनि त्यो आफूले अझसम्म नपाएको उनको गुनासो छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप