शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : ४३
शुक्रबार, ०१ कात्तिक २०७६

निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । 

यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् । 

नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक (सइ) बमबहादुर रानाले करणी प्रयास गरेको बताएकी हुन् । 

केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार पहिले दुवै जनाबीच शंकास्पद गतिविधि देखिएको थियो । गत असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप