बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दमौलीका चोकचोकमा सीसी क्यामेरा जडान

बुधबार, ३२ साउन २०७४, १३ : ०६
बुधबार, ३२ साउन २०७४

तनहुँ– तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा सदरमुकाम दमौलीको बजार क्षेत्रमा पुन सिसि क्यामेरा जडान गरिएको छ । लुटपाट र चोरीका घट्ना बढ्न थालेपछि मुख्य चोकका साथै प्रहरीको गाडीमा समेत आधुनिक सिसि क्यामेरा जडान गरिने लागेको प्रहरीले जनाएको छ ।

बजार क्षेत्रमा जडान गरिएका सिसि क्यामेराबाट खिचेका दृश्यले अपराधिक क्रियाकलापका घट्नामा संलग्न पहिचान गर्न सहज हुने प्रहरीको निश्कर्ष छ । जिल्लामा पहिलो पटक प्रहरी गाडीमा सिसि क्यामेरा जडान गर्न लागिएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । 


यसअघि दमौली बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएपनि पूर्ण बहादुर आलेको मृत्युको घट्नालाई लिएर आक्रोशित भीडले बजार क्षेत्रका सिसि क्यामेरा ध्वस्त गरिदिएका थिए । पछिल्लो पटक दमौलीको मुख्य चोक, नाका, प्रवेशद्धार, बुल्दीपुल, व्यासगुफा लगायतका स्थानमा ३२ वटा सिसि क्यामेरा जडान गरिएको दमौली बजार ईकाईका कोषाध्यक्ष दधिराज घिमिरेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप