शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : ०३
शुक्रबार, ०१ कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक ०१ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि पंचमी,५७ घडी २९ पला,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त षष्ठि । नक्षत्र रोहिणी,२४ घडी ३८ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त मृगशिरा,योग वरियान,५२ घडी ३६ पला,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त परिध । करण कौलव,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त तैतिल,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त गर । आनन्दादिमा मित्र योग । चन्द्रराशि बृष,रातको ०४ बजेर ०२ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी ३२ पला । कार्तिक संक्रान्ति।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एकअर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामहरु स्वतस्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ । बिहानको समयमा विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरपरिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानीबढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायिक यात्रा हुने भएपनि उपलब्धि भने न्युन हुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिसँग असमजदारि बढ्ने हुनाले कामहरु समयमा गर्न सकिनेछैन । व्यापार व्यापारमा लगानी  गरेपनि आम्दानीकम हुनेहुँदा दैनिकी चलाउँन हम्मे हम्मे पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा कामहरु प्रभावित हुनेछन् । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा समय दिन नसकेपनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपार्ईँको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडि बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्काबिच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुनालेमन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक वस्तुहरुको प्रयोग गर्नपाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुखसागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । 


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कषि तथा सहकारि व्यावसायमा लागनि बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी  गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप