बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब पाकिस्तानी वायुसेनाको विमानले यात्रुवाहक विमानलाई आकाशमै घेरा हाल्यो...

शुक्रबार, ०१ कात्तिक २०७६, ०० : ०६
शुक्रबार, ०१ कात्तिक २०७६

एजेन्सी-पछिल्लो समय भारत र पाकिस्तानबीच यतिसम्म विवाद चुलिएको छ कि ती देशका सेनामा यसको प्रत्यक्ष असर देख्न सकिन्छ । दुवै देशका सेना यति सतर्क छनकि कतै केही खतराको संकेत देखियो कि अलर्ट भैहाल्छन् । यसैक्रममा एक महिनाअघि एउटा घटना भयो ।

पाकिस्तानी वायुसेनाका विमानले भारतको यातत्रुबहाक विमानलाई युद्धको शैलीमा घेरा हाल्न पुग्यो । नयाँ दिल्लीबाट काबुल जाँदै गरेको स्पाइसजेट विमानलाई पाकिस्तानी वायु सेनाले भारतीय वायुसेनाको विमान भन्ठानेर एक्कासि आकाशमै घेर्न पुग्यो । यद्यपि पछि गलत काम गरेको अनुभूति भएपछि पाकिस्तानको एफ १६ विमानले स्पाइसजेट विमानलाई अफगानिस्तानको सीमामा सुरक्षित रूपमा लैजानु राम्रो ठान्यो र मद्धत पनि गर्यो। 

घटना २३ सेप्टेम्बरको हो। स्पाइसजेटको यात्री विमान (उडान एसजी २१) नयाँ दिल्लीबाट काबुलको उडानमा थियो र पाकिस्तानको एयरस्पेसमा उडान गर्दै थियो। त्यसपछि अचानक पाकिस्तानको एफ १६ लडाकू विमानहरूले दुबै पक्षबाट घेरे। विमानमा १२० यात्रीहरू थिए ।

एफ १६ विमानका पाइलटहरूले स्पाइसजेटका पाइलटलाई हातको इशारा गरेर विमानको उचाइ कम गर्न र तल ल्याउन भने। वास्तवमा, पाकिस्तानको एटीसीले स्पाइसजेट विमानको कल साइन कोड एसजी लाई आइएको रूपमा लिएको थियो। सोही कारण उनीहरुले यो विमान भारतीय सेना वा भारतीय वायुसेनाको विमान हो भन्ने भ्रममा परे । त्यसैले पाकिस्तानी वायुसेनालाई अलर्टको सूचना दियो, अलर्टको सूचना पाउनेवित्तिक्कै तुरुन्तै दुई एफ १६ विमान स्पाइसजेट विमानको पछाडि पठाइयो । 

त्यस समयमा एफ १६ एयरक्राफ्टका पाइलटहरूले स्पाइसजेट विमानको समानान्तर उडान गरे ।  स्पाइसजेटका धेरै यात्रीहरूले ती विमानलाई नजिकैबाट देखेका थिए ।  अवस्था गम्भीर मोडमा पुगेपछि स्पाइसजेटका पाइलटहरूले तुरून्त यात्रुहरूलाई विन्डोजको शटर बन्द गर्न र शान्त रहन आग्रह गरे। साथै स्पाइसजेट विमानका चालक दलका सदस्यहरुले पाकिस्तानी एटीसीलाई यो जहाज भारतीय सेना वा वायुसेनाको नभई यात्रुबाहक जहाज भएको सूचना दिए ।

उनीहरुले उडान भरिरहेको विमान भारतको निजी एयरलाइन्स स्पाइसजेटको यात्रुवाहक विमान भएको र आफ्नो तालिकाअनुसार नयाँ दिल्लीबाट काबुल जाँदैछ भन्ने सूचना प्रवाह गरे । डीजीसीएले यस घटनाको पुष्टि गरेको छ । डीजीसीएका अधिकारीका अनुसार यो सबै गोलमाल स्पाइसजेटको बोइ ७३७ विमानलाई दिइएका कल साइनुको कारण भएको हो। स्पाइसजेटले भने घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सत्य कुरा थाहा पाएपछि, एफ १६ विमानका पाइलटहरूको दृष्टिकोणमा परिवर्तन आयो । उनीहरुले स्पाइसजेटका पाइलटहरुसँग पश्चाताप गरे । तर पनि विमानलाई अफगानिस्तानको सिमानामा सुरक्षित रूपमा छोडेर काबुलमा सुरक्षित अवतरण गर्यो । तर पछि कागजी प्रक्रिया मिलाउन लाग्दा विमानको फिर्ती उडान ५ घण्टा ढिला भयो।

अघिल्लो महिना, जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका र राष्ट्रपति रामनाथ कोविन्द आइसल्याण्डको भ्रमण गर्ने तयारी भयो, तब पाकिस्तानले उनका विमानहरूलाई आफ्नो क्षेत्रभन्दा माथि उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुबै देशका विमानहरुमा निगरानी गर्ने क्रम बढेको छ । यो घटना पनि त्यसैको परिणाम भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । Photo: jagaran.com
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप