जापानको आँधीमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो (अपडेट)
बिहीबार, ३० असोज २०७६, २२ : ५२
टोकियो-जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।
केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ । यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।
अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ । आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ ।
त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता