बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युरोपियन युनियन र बेलायतबीच नयाँ सहमति

बिहीबार, ३० असोज २०७६, २२ : ४५
बिहीबार, ३० असोज २०७६

ब्रसेल्स-युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराएका छन् । 

यङ्करले बिहीबार लेखेका छन्, “जहाँ चाहना, त्यहाँ उपाए । हामी एकै ठाउमा हुनेछौँ र सम्झौता गर्नेछौँ ।”

“हामीले अहिले नयाँँ कानूनका लागि सहमति बनाएका छौँ । सहमति सबैको विजयका लागि भएको छ । यसले हाम्रो एकल बजार र आएरल्याण्डको शान्ति तथा स्थायित्वको रक्षा गर्नेछ भने बेलायत र इयूको मित्रतालाई निरन्तरता दिनेछ ।”

“हामीले नयाँ र वैध समाधान ल्याएका छौ जसले कडा सीमा कानूनलाई प्रयोगमा ल्याउने छैन र आएरल्याण्डको शान्ति र स्थायित्वलाई रक्षा गर्नेछ ।”

बेलायत र युरोपेली संघका लागि यो सम्झौता पारदर्शी र सन्तुलित हुनुका साथै समस्या समाधानको उपायको रूपमा पनि रहेको उनले उल्लेख गरे । ब्रसेल्स सम्मेलन सुरु हुनुभन्दा केही घण्टा अगाडि उहाँहरुबीच सम्झौता भएको हो । इयू नेताहरू सहभागी हुने ब्रसेल्स सम्मेलनबाट पास गरेपछि सहमति औपचारिकता पाउनेछ ।

यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मे ले गरेको सम्झौतामा बेलायतको संसदमा बहुमत जुट्न नसक्दा ब्रेक्जिट प्रक्रिया लम्बिएको र यसका लागि नयाँ पहल प्रधानमन्त्री जोनसनले अघि बढाएका हुन् ।

बेलायती प्रधानमन्त्री जोनसोनले सम्झौतालाई अगाडि बढाउन आफ्नो संसदले साथ दिने विश्वास व्यक्त गरे । सांसदहरुको आलोचनाकाबीच उहाँले सम्झौता गर्न लाग्नुभएको हो । यो सम्झौतालाई बेलायतको संसदले पनि पारित गर्नुपर्दछ । 

सहमतिबारे प्रधानमन्त्री जोनसनले भने,“यो सम्झौताले मुलुकलाई सही बाटोमा लैजानेछ, देश र जनताको हितमा हुनेछ ।” 

उनले आफ्नो पार्टी र सत्ता साझेदार पार्टीहरूलाई पनि सम्झौताको पक्षमा उभिन आग्रह गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।  -सिन्ह्वा/photo: aljazeera/AP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप