रुपन्देही गोली काण्ड : एक महिनापछि भारतीय नागरिक पक्राउ
बुटवल – गोली प्रहारबाट मारिएका महेन्द्र कुर्मीको हत्यामा संलग्न एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गोली हान्ने भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम थापाले बताए ।
भारतको गोरखपु्रका ४० वर्षीय मनिष हरिजनलाई विहिबार पक्राउ गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ३५ वर्षीय महेन्द्र कुर्मीको भदौ २९ मा रोहिणी गाउँपालिका ३ मा हत्या भएको थियो । गोली प्रहार गर्ने समूहले उनीसँग रहेको ५ लाख रुपैयाँ समेत लुटेर लगेको थियो ।
उनीहरुले भारत मोटरसाइलकामा आएर गोली हानेको प्रहरीको भनाइ छ । हरिजन नेपाल आएको सुचना पाएको आधारमा प्रहरीले पक्राउ गरेको हो । हत्या भएपछि सिआइवीको टोली समेत रुपन्देही बसेर अनुसन्धान गरेको थियो ।
यसरी भएको थियो हत्या
भदै २९ गते आइतबार दिउँसो हिमालय बैङ्कबाट ५ लाख रुपैयाँ निकालेर कुर्मी दम्पत्ति मोटरसाइकलमा सवार भएर घर फर्कदैँ थिए ।
बाटोमा दुई जना अपरिचित व्यक्तिले श्रीमान्को कमिज समाएर तानेर बाइकबाट लडाएको सँगै मोटरसाइकलमा सवार रहेकी मृतककी श्रीमति विजयलक्ष्मी कुर्मीले बताएकी थिएन् ।
उनका अनुसार ती दुई जनाले कपडाले मुख छोपेका थिए ।
कुर्मीलाई लडाएपछि उनीहरुले गोली प्रहार गरेको र साथमा रहेको पाँच लाख रुपयाँ समेत लुटेर लगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर