शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौर पुरेनवा आँखा अस्पतालमा एक सय बढीको निशुुल्क अपरेशन

बिहीबार, ३० असोज २०७६, २० : २२
बिहीबार, ३० असोज २०७६

रौतहट । रौतहटको गौर पुरेनवा आँखा अस्पतालमा एक सय बढी मोतीबिन्दुु रोगका बिरामीको निशुल्क आँखा अपरेशन गरिएको छ ।मौलापुर बजारस्थित सञ्चालित निशुल्क आँखा जाँच शिविरबाट छानिएका एकसय ६ जना मोतिबिन्दुु रोगका बिरामीको आँखाको निशुल्क अरेशन गरिएको हो ।

आफ्नै सवारी साधनबाट शिविरमा ल्याएर उक्त बिरामीहरुको निशुल्क अपरेशन गरी आँखामा उच्चस्तरको लेन्ससमेत निशुुल्क राखिएको अस्पतालका प्रमुख डाक्टर प्रज्वल बसनेतले जानकारी दिए ।
नेपाल नेत्रज्योती संघ र गौर आँखा अस्पतालको संयुुक्त आयोजनामा बुधवार मौलापुु।मा सम्पन्न निशुल्क आँखा जाँच शिविरमा कुल दुुईसय ५६जना बिरामीको आँखा जाँच गरीएको शिविरका संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

शिविरमा अस्पतालका नेत्र रोग अधिकृतद्धय सम्भुु पाश्वान,शिवकुमार यादव लगायत सातजनाको प्राबिधिक टोलीले बिरामीहरुको आँखा जाँच गरेको मौलापुर नगरपालिकाका स्वाश्थ्य प्रमुख सुुरेन्द्र रौनियारले जानकारी दिए ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप