शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री थापा र पर्यटनमन्त्री भट्टराईको पुत्ला दहन

बिहीबार, ३० असोज २०७६, १८ : ५७
बिहीबार, ३० असोज २०७६

धनुषा– सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा बादल र  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईैका पुत्ला दहन गरेको छ । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा केही दिनअघि पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै मन्त्रीहरुको पुत्ला दहन गरिएको हो । 

त्यस्तै राजपाले सप्तरीको सदरमुकाम राजविराजमा पनि गृहमन्त्री थापाको पुत्ला दहन गरेको छ ।  यता, वीरगञ्जमा पनि राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनले पनि सांसद साहको रिहाईको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको छ । सो पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी ठाकुरराम बहुमुखी क्याम्पस अगाडि  टायर बालेर बिरोध प्रदर्शन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप