शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयरले बनाए बीच सडकमै टावर !

बिहीबार, ३० असोज २०७६, १७ : २९
बिहीबार, ३० असोज २०७६

रौतहट । रौतहटको परोहा नगरपालिकाले राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनामा अवरोध हुनेगरी बीच सडकमै टावर निर्माण गरिरहेको छ ।

मधेशको लाइफलाइनको रुपमा निर्माणाधीन १२ मिटर मात्र चौडाई रहेको बाटोको बीचमा दुईमिटर बर्गाकारमा नगरपालिकाले टावर बनाउँदा हुलाकी सडकको निर्माणनै प्रभावित हुने भएको हो । नगरको सोभा बढाउन भन्दै नगरपालिकाले टावर बनाउन लागेको हो । 

टेण्डर पश्चात निर्माण प्रकृयामा रहेको हुलाकीसडक आयोजनालाई  कुनै जानकारी नै नदिइ नगरप्रमुख शेख वकिलले मनपरी ढंगले टावर निर्माण गर्न लागेको देखेर स्थानीय बासिन्दाले आलोचना गर्न थालेका छन् ।

नगरप्रमुख शेख वकिलले सस्तो लोकप्रियताको लागि अनावश्यक टावर राख्नलागेको स्थानीय शिक्षक एवं समाजसेवी अनिल यादवले टिप्पणी गरे । 

हुलाकी सडकका साइड इन्जिनियर श्याम नारायण मिश्राले लौकाहामा टावर निर्माण बारे परोहा नगरपालिकाले कुनै जानकारी  नदिएको बताए ।

यसबारे बुझ्दा नगरपालिकाका योजना शाखा प्रमुख अब्दुलरब अन्सारीले एकसय दुई फिट अग्लो रहेको टावर ठड्याउन लागिएको बताए ।  यद्यपि उनले क्रेन मेसिनको अभावमा काम सम्पन्न गर्न नसकेको बताए । 

करीव १५ लाखको टावर निर्माणका लागि नगरपरिषद् तथा कार्यपालिकाबाट निर्णय नभएपनि निर्माण पुरा हुनासाथ बैठक बसेर योजनाको अनुमोदन हुने अन्सारीले बताए । 

यता नगरप्रमुख शेख वकिलले मात्र दुईमिटर बर्गाकार हुने टावरले सडकमा आवत जावत गर्न खासै प्रभाव नपर्ने दाबी गर्दै बरु चौबाटो रहेकाले दुर्घटना समेत न्युन हुने जिकिर गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप