टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित
एजेन्सी– टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाखभन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ । मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताएका छन् । बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्ने सक्ने पनि उनले थप जानकारी दिएका छन् ।
विस्थापितहरुले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि, कोही बगैचामा सुतिरहेका थिए, भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका भएका अब्देल रहमानले बताएका छन् ।
उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । –एएफपी/Photo:www.rte.ie
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु