सभामुख पद काँग्रेसले पाउनुपर्छ: मोहन बस्नेत
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक/फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरेका हुन् । संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका हुन् । सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै सभामुख र उपसभामुख पदमध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गरे । काँग्रेस केन्द्रीय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ