शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाडौं एजीएमः १७ प्रतिशत लाभांश बितरण

बिहीबार, ३० असोज २०७६, १५ : ५३
बिहीबार, ३० असोज २०७६

काठमाडौं– बैंक अफ काठमाडौंको २५ औं वार्षिक साधारण सभा यही असोज ३० गते सम्पन्न भएको छ । 

सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ । बैंकको खुदमुनाफा गत  वर्षको तुलनामा करिव ४३.६१ प्रतिशतले वृद्घि भई रु. १ अर्ब ८९ करोड पुगेको छ । 

साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ । 

सोही अवसरमा बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बि.ओ.के. लगानिकर्ता बचत खाता र्सावजानिक गरेको छ । 

आ.ब. २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्व ३२ करोड तथा कुल कर्जा ७६ अर्व ३६ करोड रहेको छ । 

साथै बैंकले हाल ८७ शाखा, ७८ ए.टी.एम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप